+
+
Shares

क्रिकेट बल खोज्न जाँदा ‘खरबुजा चोर्‍यो’ भन्दै हातखुट्टा बाँधेर बालकलाई कुटपिट

टाउकोमा तीन टाँका

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्चनपुरको वेदकोट नगरपालिका–५ मा ११ वर्षीय बालकलाई खरबुजा चोरीको आरोपमा हातखुट्टा बाँधेर कुटपिट गरिएको छ।
  • बालकको टाउकामा चोट लागेर तीन टाँका लगाइएको छ र आरोपी भोज नाथलाई प्रहरीले पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय कन्चनपुरले बालकलाई यातना दिने नाथविरुद्ध अनुसन्धान अघि बढाएको छ।

१८ वैशाख, काठमाडौं । बारीमा क्रिकेट बल खोज्न जाँदा खरबुजा चोर्‍यो भन्दै हातखुट्टा बाँधेर बालकमाथि कुटपिट भएको छ ।

११ वर्षीय बालकलाई हातखुट्टा बाँधेर यातना दिँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो सार्वजनिक भएपछि यातना बालकलाई दिने व्यक्तिको तीव्र आलोचना भएको छ ।

यो घटना कन्चनपुरको वेदकोट नगरपालिका–५ को हो । प्रहरीका अनुसार बालकको क्रिकेट खेतबारीमा हराएको थियो । त्यसपछि ती बालक क्रिकेट बल खोज्न भन्दै बारीमा पसेका थिए ।

तर बल खोज्न खरबुजा बारीमा गएका बालकलाई भने खरबुजा चोरीको आरोप लागाउँदै अमानवीय व्यवहार गरिएको थियो । यसरी बालकलाई अमानवीय व्यवहार गर्ने व्यक्ति वेदकोट–५ का ३७ वर्षीय भोज नाथ रहेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

नाथको कुटपिटबाट ती बालकको टाउकामा चोट लागेको थियो । अहिले तीन टाँका लगाइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार बालकलाई यातना दिने नाथविरुद्ध अहिले अनुसन्धान अघि बढाइएको छ ।

बालकका आमाबुवा मजदुरीको सिलसिलामा भारतमा छन् भने उनी हजुरआमासँग बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?