News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा कुटपिटबाट २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको छ।
- प्रहरीले कुटपिटमा संलग्न सुनील राई, चन्द्रकुमार राई, सुरज राई र राजेश दर्जीलाई नियन्त्रणमा लिएको छ।
- घटना मंगलबार राति भएको र चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।
२५ चैत, भोजपुर । कुटपिटबाट भोजपुरका एक युवकको मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
षडानन्द नगरपालिका–१३ रेवामा भएको कुटपिटको घटनामा २४ वर्षीय सम्मरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । उनका अनुसार षडानन्द नगरपालिका–१३ मुखिया टोल घर भई विगत १२ वर्षदेखि आफ्ना सानाबुवा शङ्कराज तामाङको घरमा बस्दै आएका थिए ।
षडानन्द नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनील राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले तामाङलाई मंगलबार राति घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार चारैजनालाई आज घरबाटै नियन्त्रणमा लिइएको प्रनाउ लामाले जानकारी दिए ।
प्रतिक्रिया 4