+
+

बुवाबाटै असुरक्षित भएपछि काठमाडौं महानगरले उद्धार गर्‍यो ३ बालबालिका

काठमाडौं महानगरपालिकाले एक बालिकासहित तीन जना बालबालिकाको उद्धार गरेको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको सूचना पाएपछि उद्धार गरिएको महानगरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते ९:३१

१९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना बालबालिकाको उद्धार गरेको छ । घरमा सौतेनी बाबुबाट असुरक्षित रहेको भन्ने सूचना पाएपछि उनीहरूको उद्धार गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले एक बालिका र दुई बालकसहित तीन जनाको उद्धार गरेको हो । कक्षा ६ मा अध्य्यनरत ११ वर्षीय बालिका र उनका ७ र ९ वर्षका भाइहरूको उद्धार गरिएको हो ।

उद्धार गरिएकी बालिका आफ्नै सौतेनी बुवाबाट जबरजस्ती करणीमा परेको सूचनना महानगरपालिकामा पुगेको थियो । त्यसपछि उनलाई उद्धार गरिएको महानगरले जनाएको छ ।

बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको  सहयोगमा उनीहरूको उद्धार गरेक जनाएको छ ।

उद्धार गरिएका तीन बालिकाका सौतेनी बाबुलाई समेत प्रहरी वृत्त, वौद्धले पक्राउ गरी हिरासतमा राखेको छ ।

उद्धार गरिएका तीनै जना बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?