+
+
Shares

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

रासस रासस
२०८२ जेठ २१ गते ६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसङ्घले १९८२ मा प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि हिंसाबाट प्रेरित भएर यस दिवस मनाउने निर्णय गरेको हो।
  • यस दिवसको उद्देश्य बालबालिकाको शारीरिक, मानसिक र भावनात्मक पीडालाई सम्बोधन गरी तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो।
  • सन् २०१५ मा पारित दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि हिंसा र शोषण विरुद्ध कठोर कदम चाल्ने लक्ष्य निर्धारण गरेको छ।

२१ जेठ, काठमाडौं । आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो ।

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसङ्घले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ ।

आज पनि विश्वका कैयौं बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् ।

सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६.२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहार विरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?