+

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

२०८२ असार  ४ गते १४:४२ २०८२ असार ४ गते १४:४२
Shares
निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकाको पर्याप्त निद्रा उनीहरूको स्वास्थ्य र उचाइ वृद्धिमा मद्दत गर्दछ, तर एक दिनको निद्राले मात्र प्रभाव पार्दैन।
  • निद्राको कमीले हर्मोनल उतारचढाव, रचनात्मकता, एकाग्रता र मुड स्विङमा नकारात्मक प्रभाव पार्छ।
  • बालबालिकाको उचाइ १८ वर्षसम्म बढ्छ र यसमा स्वास्थ्य, आहार र व्यायामले पनि भूमिका खेल्छ।

बालबालिकाका लागि पर्याप्त निद्रा अत्यन्तै जरुरी हुन्छ । यसले उनीहरूको रोग प्रतिरोधी क्षमता बढाउँछ र उनीहरूको मानसिक तथा शारीरिक वृद्धिमा पनि सकारात्मक प्रभाव पार्छ । पछिल्लो समयमा धेरै बालबालिकाहरू राति अबेरसम्म मोबाइलमा समय बिताउँछन् ।

यस्तोमा उनीहरू ढिलो सुत्छन्, जसले गर्दा उनीहरूले पर्याप्त निद्रा लिन पाउँदैनन् । यसले गर्दा बालबालिकाहरू कमजोर हुन्छन् र सजिलै बिरामी पर्न सक्छन् ।  यदि बालबालिकाले पर्याप्त निद्रा लिएनन् भने, यसले उनीहरूको उचाइमा प्रभाव पार्न सक्छ पनि भन्ने गरिन्छ । के साँच्चै यस्तो हुन्छ ? अर्थात्, के निद्राले बालबालिकाको उचाइलाई प्रभावित गर्छ ?

निद्राले उचाइमा प्रभाव पार्छ ?

बालबालिकाको उचाइ पूर्णरूपमा निद्रामा निर्भर हुन्छ, भन्नु गलत हो । यद्यपि, यो कुरामा केही सत्यता छ । जब बालबालिकाले पर्याप्त निद्रा लिन्छन्, तब उनीहरूको स्वास्थ्यमा सुधार हुन्छ र उचाइको वृद्धिमा पनि सहयोग पुग्छ ।  तर, एक दिनको निद्राले मात्र बालबालिकाको उचाइमा प्रभाव पार्न सक्दैन ।

सामान्य रूपमा निद्राको समयमा वृद्धि हर्मोन ‘ग्रोथ हर्मोन’ निस्कन्छ । यस्तोमा यदि कुनै बालबालिकाले लामो समयसम्म पर्याप्त निद्रा लिएन भने, यसले उनीहरूको उचाइमा प्रभाव पार्न सक्छ ।

बालबालिकामा निद्राको कमी हुँदा हर्मोनल उतारचढाव हुन्छ । किड्स हेल्थमा प्रकाशित एक लेख अनुसार, अध्ययनहरूले यो कुरा स्पष्ट गर्छ, निद्राको कमीले तौल बढ्ने र मधुमेहको जोखिम पनि रहन्छ ।

समग्रमा, जब बालबालिकाले राम्रो निद्रा लिन्छन् र शारीरिक रूपमा सक्रिय रहन्छन्, तब उनीहरूले ऊर्जावान महसुस गर्छन् । उनीहरूको उचाइ वृद्धिमा पनि सकारात्मक प्रभाव पर्छ ।  निद्राले बालबालिकाको उचाइमा कति प्रभाव पार्छ, यसको कुनै वैज्ञानिक प्रमाण हालसम्म उपलब्ध छैन । त्यसैले, बालबालिकाको उचाइका लागि निद्रालाई मात्र जिम्मेवार ठान्नु भने ठिक होइन ।

निद्राको कमीले बालबालिकाको स्वास्थ्यमा प्रभाव

जब बालबालिकाले पर्याप्त निद्रा लिँदैनन्, तब उनीहरूले विभिन्न समस्याहरूको सामना गर्नुपर्छ ।  विशेष गरी, उनीहरूको निद्रामा नकारात्मक प्रभाव पर्दा उनीहरूलाई कुरा बुझ्न समय लाग्छ र अन्य बालबालिकासँग समन्वय गर्न पनि समस्या हुन्छ ।

रचनात्मकतामा प्रभाव

निद्रा पूरा नहुँदा वा निद्राको कमी हुँदा बालबालिकाले सजिलै कुराहरूसँग जोडिन सक्दैनन् । यसले उनीहरूको रचनात्मकतामा पनि असर गर्छ ।

एकाग्रतामा कमी

निद्राको कमीले एकाग्रतामा पनि नकारात्मक प्रभाव पर्छ । उनीहरू कुनै पनि काममा ध्यान केन्द्रित गर्न सक्दैनन् । यस्तोमा नयाँ कुरा सिक्नु उनीहरूका लागि चुनौतीपूर्ण हुन्छ।

चिडचिडाहटपन र मुड स्विङ

राम्रो निद्रा नलिने बालबालिकाहरू अन्यको तुलनामा बढी चिढचिढा हुन्छन् र उनीहरूलाई बारम्बार मुड स्विङको सामना गर्नुपर्छ । यस्ता बालबालिकामा ऊर्जाको कमी पनि देखिन्छ ।

उचाइ बढाउन कति घण्टा निद्रा आवश्यक छ ?

बालबालिकाको उचाइ कति बढ्छ, यो कुरा वंशाणुगत कारकहरूमा निर्भर गर्छ । तर, निद्राले केही हदसम्म बालबालिकाको उचाइ वृद्धिलाई प्रभावित गर्न सक्छ ।  त्यसैले एक देखि ३ महिनासम्मका बालबालिकाले दैनिक १४ देखि १८ घण्टा, ३ महिनादेखि ११ महिनाकाले १२ देखि १६ घण्टा सुत्नु आवश्यक छ ।

१ वर्ष देखि २ वर्ष सम्मका ११ देखि १४ घण्टा, ३ देखि ५ वर्षका १० देखि १३ घण्टा, ६ देखि १३ वर्षकाहरुले ९ देखि ११ घण्टा र १४ देखि १७ वर्षकाहरुले ८ देखि १० घण्टा सुत्नुपर्छ ।

बालबालिकाको उचाइ किन रोकिन्छ  ?

सामान्यतया बालबालिकाको उचाइ १८ वर्षसम्म बढ्छ  । त्यसपछि यो आफैँ रोकिन्छ । यद्यपि, यदि बालबालिकालाई कुनै रोग छ, जस्तै मिर्गौला, मुटु, क्षयरोग, रक्त अल्पता आदि स्वास्थ्य समस्याले विकास प्रक्रियामा अवरोध पुर्‍याउन सक्छ । साथै हर्मोनल असन्तुलन, कुपोषण र पर्याप्त निद्राको अभावको कारण पनि बच्चाको उचाइ कम हुन सक्छ।

उचाइ वृद्धिका लागि अन्य उपायहरू

सन्तुलित आहारले उचाइ वृद्धिमा सहयोग गर्छ । त्यसैले प्रोटिनयुक्त खाना पनिर, दूध, दही, फलफूल, सागसब्जी तथा भिटामिन ए, बी , सी , डी , ई युक्त खाना खानुपर्छ ।

कुद्ने, तन्कने किसिमको व्यायाम र  खेलकुदले हड्डीहरू बढाउन र बलियो बनाउन सक्छ । साथै समयमै सुत्ने र उठ्ने बानीले स्वस्थ जीवनशैलीमा मद्दत पुर्‍याउँछ र उचाइमा सकारात्मक प्रभाव पार्छ ।

उचाइ निद्रा बालबालिका
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

निद्राले बालबालिकाको उचाइमा पनि  प्रभाव पार्छ, यी दुईबीच के छ सम्बन्ध ?

मासु खान हत्तार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

मासु खान हत्तार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

डा. दीक्षा जोशी, जसले वीर अस्पतालको मुटु उपचारमा थपिन् नयाँ आयाम

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

बच्चाको पढाइ घट्दै छ ? हुन सक्छ दृष्टिसम्बन्धी समस्या

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

जतिबेला पनि निद्रा लाग्छ, के-के कारण हुनसक्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?

के शिलाजित जसले पनि खान मिल्छ ?