+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले मनायो २२ औं स्थापना दिवस

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ५ गते १७:०१

काठमाडौं । सशस्त्र द्वन्द्वको अन्त्य भएको लामो समय भएपनि समाजमा वातावरणीय र विकासका द्वन्द्वहरू कायम रहेकाले बालबालिका र विद्यालय अझैपनि जोखिममा रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को २२ औं स्थापना दिवस तथा आठौं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

सिजपको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै सिजपकी अध्यक्ष मीना शर्माले द्वन्द्वको समयमा सबैभन्दा बढी बालबालिका जोखिममा परिरहेको अवस्था हुँदा पनि बालबालिकाको विषयमा बोल्ने कोही नभएको अवस्थामा यो अभियानको सुरुवात भएको बताइन्  ।

कार्यक्रमा बोल्दै बालअधिकारका अभियन्ता सिजपका संस्थापक तथा मानवअधिकार आयोगका पूर्व आयुक्त गौरी प्रधानले बालअधिकार अभियानको आवश्यकता अझ बढ्दै गएको बताए । ‘प्रत्येक द्वन्द्वले पहिलो असर बालबालिकालाई पार्ने हुँदा अब उनीहरूलाई शान्तिक्षेत्र बनाइराख्न नागरिक समाज सक्रिय हुनुपर्छ,’ उनले भने ।

सिजपका महासचिव तिलोत्तम पौडेलले बालबालिकाको विषयमा ध्यान दिनुपर्छ भनेर प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूलाई झकझक्याइरहेको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव विमला पौडेल, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, साझेदार संस्थाहरूको तर्फबाट दीपेश पल ठाकुर, पूर्वअध्यक्ष रामकृष्ण निरौला, एनएसीजीका अध्यक्ष किरण थापा, बाल सल्लाहकार समितिका सदस्य अब्दुल अन्सारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?