+

हिमालयको छाँयामा मुटुको संकट

२०८२ माघ  १८ गते १५:३० २०८२ माघ १८ गते १५:३०

२२ बालकालिकामा खास मुटुको समस्या थियो । कसैलाई बाथ मुटु रोग थियो । अरूलाई जन्मजात समस्याहरू थिए ।

हिमालयको छाँयामा मुटुको संकट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०२५ को अन्त्यतिर डाक्टरहरूको टोलीले सोलुखुम्बुको दुर्गम गाउँहरूमा दुई दिनमा ३ हजारभन्दा बढी मानिसको मुटु जाँच गरी स्वास्थ्य सेवा पुर्‍यायो।
  • मुटु विशेषज्ञ प्रा. डा. प्रकाश राज रेग्मीको नेतृत्वमा गरिएको स्क्रिनिङमा १२० जनामा मर्मर पत्ता लाग्यो र चार बालबालिकालाई तुरुन्त शल्यक्रिया आवश्यक देखियो।
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले १५ वर्ष मुनिका बालबालिकाको नि:शुल्क उपचार र शल्यक्रिया व्यवस्था गरेको छ र औषधि स्थानीय स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको छ।

एउटा सुन्दर तर दुर्गम ठाउँमा बसोबास गर्ने कल्पना गर्नुहोस्- अग्ला पहाडहरू, ताजा हावा, रमाइलो गाउँहरू तर कुनै पनि अस्पताल पुग्न घण्टौं वा दिनभर नै लाग्ने ।

यो कुनै कल्पनाको कुरा होइन । नेपालमा यस्ता ठाउँ धेरै छन् । यी मध्येका केही हुन्- सोलुखुम्बु जिल्लाका सोताङ र चेपेल जस्ता गाउँहरू । यी गाउँ हिमालयको उच्च भागमा अवस्थित छन् । गाउँ सुन्दर छ । वरिपरिका दृश्यले मनलाई आनन्दिन बनाउँछ तर कुनै स्वास्थ्य समस्या देखिँदा बेवास्ता गर्नु यहाँको बाध्यता हो ।

बच्चाहरूमा मुटुको समस्या भएमा प्राय अवस्था जटिल नहुँदासम्म खासै वास्ता गरिँदैन ।

बच्चा खेल्दा सजिलै थाक्न सक्छ, छाती दुख्न सक्छ, वा असामान्य रूपमा फिक्कापन देखिन सक्छ । आमा बाबु चिन्ता गर्छन्, तर नजिकै कुनै डाक्टर छैन, मुटु जाँच गर्ने विशेष मेसिन छैन । लामो यात्रासँगै पैसा खर्च गर्र शहरमा गई उपचार गर्ने सामर्थ्य यहाँमा व्यक्तिमा छैन ।

बाथ मुटु रोग र जन्मजात मुटुरोग जस्ता मुटु रोगहरूले यहाँका धेरै युवाको ज्यान लिन्छ ।

मुटु विशेषज्ञको हिमाल जस्तो टोली

२०२५ को अन्त्यतिर, डाक्टरहरूको टोलीले बज त्यो ठाउँमा पुग्यो अनि त्यहाँको कथा परिवर्तन भयो । हामीले यी दुर्गम गाउँहरूमा दुई दिनमा ३ हजार भन्दा बढी मानिसहरूको मुटु जाँच गरी स्क्रीनिङ गर्‍यौँ ।

यस प्रयासको नेतृत्व मुटु विशेषज्ञ प्रा. डा. प्रकाश राज रेग्मीले गरिरहेका थिए । उनले २ लाख भन्दा बढी बालबालिकाहरूको जाँच गरेका छन् र सयौं स्वास्थ्यकर्मीहरूलाई तालिम दिएका छन् ।

उहाँसँगै बरिष्ठ‌ मुटु सर्जन डा. प्रेम राज वैद्य र नेपालको पहिलो बाल हृदयरोग विशेषज्ञ डा. उर्मिला शाक्य पनि टोलीमा हुनुहुन्थ्यो । साथै बाल इकोकार्डियोलोजिस्ट डा. अजय अधिकारीका साथै रूसमा पीएचडी अध्ययनरत एक साथी र म टिममा थियौँ ।

नेपाल हार्ट फाउन्डेसनले सबै कुराको बन्दोबस्त गरेको थियो । सोलुखुम्बु नगरपालिकाले ठाउँ र अन्य सहयोग प्रदान गर्‍यो । औषधि कम्पनीहरूले निःशुल्क औषधि दिए । जर्मनीकी समाजसेवी इजाबेलले सुरु गरेको चेपेल फाउन्डेसनले रोटरी क्लब–पाटन च्याप्टरका स्वयंसेवकहरूसँगको सहकार्यमा स्कुल शिक्षक, नर्स र स्थानीय स्वास्थ्य कर्मचारीहरूलाई भेला गर्‍यो । यद्यपि त्यहाँ पुग्न र फर्कन नै ४ दिन लाग्यो ।

डाक्टरहरूले मुटु जाँच गरे, शिक्षकले बच्चाहरूलाई स्कुलमा व्यवस्थापन गरे । नर्सहरूले रेकर्डमा राख्न मद्दत गरे । हामीले दुई दिनमा ३ हजार भन्दा बढी मुटु जाँच गर्यौं । प्रक्रिया सरल तर प्रभावकारी थियो । २ वर्ष भन्दा माथि उमेरका २५०५ स्कुले केटाकेटीहरू र लगभग ५०० वयस्कहरूमा स्टेथोस्कोपबाट मुटुको धड्कनको जाँच गरियो ।

करिब ३००० मानिसहरूमध्ये, १२० जनामा मर्मर थियो । ती १२० जनालाई मुटुको इकोकार्डियोग्राफी गरियो । यसका लागि यस्ता दुर्गम क्षेत्रहरूमा प्रयोग गर्न सकिने पोर्टेबल मेसिनको प्रयोग गरेर गरिन्छ । यो मेसिनले मुटुको धड्कन वास्तविक समयमा देखाउँछ । भल्भको अवस्था वा मुटुको कोठाहरू बीचको प्वालहरू देखाउँछ ।

हामीले पत्ता लगाएको अवस्था चिन्ताजनक तर समाधान गर्न सकिने थियो । २२ बालकालिकामा खास मुटुको समस्या थियो । कसैलाई बाथ मुटु रोग थियो । अरूलाई जन्मजात समस्याहरू थिए । सबैभन्दा चिन्ताजनक, चार बच्चाहरूलाई तुरुन्तै शल्यक्रियाको आवश्यक देखियो ।

यी बच्चाहरूले थकान, बेहोस् हुने वा अझ खराब अवस्थाको सामना गर्नुपर्थ्यो । तर हाम्रो टोली निदानमा मात्र रोकिएन । काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ती बालबालिकाको उपचार गर्ने प्रबन्ध भयो ।

यस केन्द्रमा मुटुरोग पत्ता लागेका १५ वर्ष मुनिका बालबालिकाको उपचार तथा शल्यक्रिया नि:शुल्क हुने व्यवस्था गरिएको छ ।

औषधिको प्रबन्ध

शल्यक्रियाको बन्दोबस्तले तत्कालका केसहरूको निदान त हुन भयो, तर मुटुको समस्या भएका अन्य बालबालिकाहरूलाई निरन्तर हेरचाह आवश्यक पर्र्छ । बाथ मुटु रोगको लागि, औषधिहरू एक वर्षसम्म पर्याप्त मात्रामा दिएर थप क्षति रोक्न सकिन्छ । त्यसैगरी थप क्षति रोक्न् पेनिसिलिनको सुई लगाइरहनुपर्छ ।

हामीले लगेका यी औषधिहरू सिधै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा प्रदान गरियो । त्यहाँ प्रशिक्षित स्वास्थ्यकर्मीले सुई दिने व्यवस्था मिलाइयो । अब सुई दिन शहरसम्म लामो यात्रा गर्नुपर्दैन । हामीले मुटुरोग अभियानको क्रममा आवश्यकता परेका जो कोहीलाई पनि मुटुरोग सम्बन्धी अन्य औषधिहरू पनि कम्तीमा एक महिनाका लागि नि:शुल्क हस्तान्तरण गर्यौं ।

स्थानीय स्वयं-सेवकको शक्ति

डाक्टरहरू स्पटलाइटमा पर्छन्, तर स्थानीयहरूले यो महत्वपूर्ण शिविरलाई सफल बनाउन मद्दत गर्नुभयो । स्कूलका शिक्षकहरूले बच्चाहरूलाई सुरक्षित रूपमा लाइनमा राख्नुभयो । नर्सहरूले पनि धेरै मेहेनत गर्नुभयो । इजाबेलले र चेपेल फाउण्डेशनका स्वयंसेवकहरूले कार्यक्रम व्यवस्थापन मिलाउन सहयोग गरे । प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीहरूले फलोअप हेरचाहको वाचा गरे ।

महत्त्वपूर्ण संदेश

नेपालमा, मुटुको समस्याले बालबालिकाहरूलाई धेरै असर गरेको छ । प्रत्येक १००० स्कूले बालबालिकामध्ये २ देखि ५ जनालाई बाथ मुटुरोग हुन्छ । यस्ता दुर्गम ठाउँहरूमा स्वास्थ्य संस्था नजिक नहुँदा र गरिबीका कारण सबैभन्दा बढी प्रभावित हुन्छन् । यो स्क्रिनिङले राष्ट्रिय अध्ययनसँग मिल्दोजुल्दो दरमा केसहरू फेला पारेको छ ।

चुनौतीहरू र सिकेको पाठ

यो अभियानमा धेरै चुनौतीहरू थिए । धेरै पहाड छिचोलेर पुग्नुपर्ने गाउँ, त्यसमाथि कच्ची बाटो, धेरै चिसो मौसम, बिजुली राम्रो प्रबन्ध नभएको आदि । तर पनि बोकेर लैजाने उपकरण अनि सबैको कडा मेहनतले शिविर सफल भयो ।

सबैभन्दा ठूलो पाठ के रह्यो भने- प्रारम्भिक मुटु जाँचले जीवन बचाउँछ । य यो खालको अभियान भएन भने यस्ता बच्चाहरूको मुटुरोग उमेरसँगै जटिल हुँदै जान्छ । र, स्वस्थमा समस्या आइराख्ने हुन सक्छन् ।

(डा. एन्जेला वैद्य रूसमा पीएचडी गर्दैछिन् ) 

बालबालिका मुटुरोग
लेखक
डा.एन्जेला वैद्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम