+

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

२०८२ फागुन  ८ गते १३:४० २०८२ फागुन ८ गते १३:४०
Shares
हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भान्सामा काम गर्ने व्यक्तिहरूलाई तातो पदार्थले छाला जलेर दुखाइ र जलन हुने समस्या प्रायः हुन्छ।
  • मह, एलोभेरा जेल, तुलसी रस, काँचो आलु र नरिवलको तेल जस्ता घरेलु उपायले छालाको जलन र दुखाइ कम गर्छन्।

प्राय भान्सामा काम गर्ने व्यक्तिहरूलाई घाउचोट लागिरहेकै हुन्छ । कहिले भान्सामा तातो दूध वा कफी छालामा खस्छ, त कहिले तातो भाँडामा छोइँदा जलन हुन्छ । यसले असह्य दुखाइ र जलन गराउँछ, र कहिलेकाहीँ छालामा फोका पनि आउँछन्, जसले झन् समस्या बढाउँछ । यस्तो बेला के गर्ने भन्ने याद पनि आउँदैन ।

केही सजिला घरेलु उपाय अपनाएर जलेको छालाको उपचार गर्न सकिन्छ ।

१.चिसो पानीको प्रयोग गर्ने

छाला जल्ने बित्तिकै तुरुन्तै धाराको चिसो पानी त्यसमा खन्याउन सुरु गर्नुपर्छ र कम्तीमा १०–२० मिनेटसम्म बगाइराख्नुपर्छ । बरफ लगाउनबाट जोगिनुपर्छ, किनकि यसले राहत त दिन्छ तर रक्तसञ्चार ढिलो बनाउँछ, जसले जलन झन् बढ्न सक्छ ।

२.मह लगाउने

जलन शान्त पार्न मह निकै प्रभावकारी हुन्छ । यसमा भएको एन्टी–इन्फ्लेमेटरी गुणले छालालाई छिट्टै निको पार्न मद्दत गर्छ । यदि छाला जलेको छ भने प्रभावित ठाउँमा मह लगाउन सकिन्छ । यसले जलन तुरुन्तै दुखाइ कम गर्छ र फोका बन्ने सम्भावना पनि घटाउँछ ।

३.एलोभेरा जेल

एलोभेरा जलन कम गर्न अत्यन्त फाइदाजनक हुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी र जलन शान्त पार्ने गुण हुन्छन्, जसले घाउ छिट्टै भरिन मद्दत गर्छ । छालालाई चिसोपन दिन्छ । छाला जलेको छ भने ताजा एलोभेराको पात काटेर त्यसको जेल प्रभावित भागमा लगाउन सकिन्छ । यसले जलन शान्त गर्नुका साथै छालामा गाढा दाग बस्नबाट पनि जोगाउँछ ।

४.तुलसी

तुलसी औषधीय गुणका लागि प्रसिद्ध छ । यो धेरै समस्याको समाधानमा उपयोगी हुन्छ । छाला जलेको छ भने तुरुन्तै राहतका लागि तुलसीका पातको रस प्रभावित ठाउँमा लगाउनुपर्छ । यसले जलन कम गर्छ र संक्रमण रोक्न पनि मद्दत गर्छ।

५.काँचो आलु

छाला जलेर तीव्र जलन भइरहेको छ भने आलुको प्रयोग गर्न सकिन्छ । यसमा भएको एन्टी–इन्फ्लेमेटरी गुणले जलन शान्त पार्न सहयोग गर्छ । यसका लागि आलु पिसेर त्यसको पेस्ट जलेको ठाउँमा लगाउनु पर्छ । यसले जलन छिट्टै कम गर्छ र आराम दिन्छ ।

६.नरिवलको तेल

नरिवल तेलमा एन्टिब्याक्टेरियल र मोस्चराइजिङ गुण हुन्छन्, जसले छालालाई नरम बनाउने साथै जलन कम गर्न मद्दत गर्छ । जलेको ठाउँमा नरिवल तेल लगाउँदा दुखाइ र जलनबाट राहत मिल्छ, साथै छालामा दाग पनि बस्दैन । नरिवल तेलबाहेक बादामको तेल पनि प्रयोग गर्न सकिन्छ ।

आगोले पोल्नु
डा. शेखर मुखिया सुनुवार
लेखक
डा. शेखर मुखिया सुनुवार
प्राकृतिक चिकित्सक

डा. मुखिया काठमाडौंको नयाँ बानेश्वरस्थित होलिस्टिक अस्पताल तथा अनुसन्धान केन्द्र, मध्यबानेश्वरस्थित हिमालयन योग तथा प्राकृतिक अस्पताल र पुरानो बानेश्वरस्थित प्रकृति उपचार अस्पतालमा कार्यरत छन् । उनको एनएचपीसी नम्बर ए-६२ एमईडी, एनवाईएल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?