+

महिनावारी सुकेपछि महिलाको शरीरमा कस्ता असरहरू देखिन थाल्छन् ?

२०८२ फागुन  ६ गते १७:४३ २०८२ फागुन ६ गते १७:४३

मेनोपोजपछि पहिलो ५–७ वर्षमा हड्डीको घनत्व १०–२० प्रतिशतसम्म घट्न सक्छ । यसले ढाड दुख्ने र सामान्य चोटमा हड्डी भाँचिने जोखिम बढाउँछ ।

Shares
महिनावारी सुकेपछि महिलाको शरीरमा कस्ता असरहरू देखिन थाल्छन् ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पेरिमेनोपोजमा इस्ट्रोजेन स्तर घट्छ र महिनावारी अनियमित हुन्छ, जसले विभिन्न शारीरिक र मानसिक लक्षणहरू निम्त्याउछ।

जब अण्डाशयको अण्डा बनाउने क्षमता घट्छ र महिनावारी अनियमित हुन थाल्छ, तब मेनोपोज हुनुअघिको चरण(पेरिमेनोपोज) सुरु हुन्छ । यस क्रममा इस्ट्रोजेन हर्मोनको स्तर घट्न थाल्छ र विभिन्न लक्षणहरू देखा पर्छन् । यो प्रक्रियामा जातीय र सांस्कृतिक भिन्नताहरू पनि हुन्छन् ।

अमेरिकाको ‘स्टडी अफ वमन्स हेल्थ एक्रोस दी नेशन’को अध्ययनअनुसार, अफ्रिकी-अमेरिकी (काला) महिलाहरूले गोरा महिलाहरूको तुलनामा उच्च दरमा प्रारम्भिक तथा असामयिक पेरिमेनोपोज अनुभव गर्छन् । उनीहरूमा भासोमोटर लक्षणहरू– शरीर तातो हुने, लामो समयसम्म(१० वर्षसम्म) शरीर पोल्ने र बढी कष्टदायक रूपमा भोग्ने गरेको पाइएको छ, जबकि गोरा महिलाहरूमा यो औसत ६.५ वर्ष मात्र रहन्छ ।

मेनोपोज हुनुअघि महिनावारीमा अनियमितता आउँछ । धेरैजसो महिलाहरूले यसलाई ‘महिनावारी सुक्न लाग्यो’ भनेर अनुमान गर्छन् । यो नै पेरिमेनोपोज अवस्था हो । सुरुमा महिनावारी चक्र छोटो हुन्छ, त्यसपछि लामो र अनियमित बन्छ ।

रक्तस्रावको मात्रामा पनि फरक पर्छ– थोपा-थोपादेखि अत्यधिक रक्तस्रावसम्म हुन सक्छ । बिस्तारै महिनावारी पूर्ण रूपमा रोकिन्छ । यससँगै वा केही समयपछि भासोमोटर लक्षणहरू सुरु हुन्छन् । शरीर अचानक तातो हुने (हट फ्ल्यास), राति चिटचिट पसिना आउने मेनोपोजको मुख्य विशेषता हो । लगभग ७५–८० प्रतिशत महिलाहरूले यो लक्षण अनुभव गर्छन् । यो अचानक गर्मी प्रायः छाती, घाँटी र अनुहारबाट सुरु हुन्छ । अनुहार रातो हुन्छ, पसिना आउनु र कहिलेकाहीं मुटुको धड्कन तीव्र हुन्छ । यो लक्षण सामान्यतया १–३ मिनेटसम्म रहन्छ।

घट्दो इस्ट्रोजेनले सेरोटोनिन र नोरेपिनेफ्रिन जस्ता न्यूरोट्रान्समिटरहरूलाई असर गर्छ । यसले मूड स्विङ, चिडचिडापन, बढी चिन्ता, थकान र निद्रा गडबडी हुने समस्या निम्त्याउछ । राति पसिना आउने र पोल्ने समस्याले यी लक्षणहरूलाई झन् बढाइदिन्छ । केही महिलाहरूले ब्रेन फग (केही बिर्सिने, राम्रोसँग सम्झना नआउने, दोधार हुने), एकाग्रतामा कमी र सम्झनामा कठिनाइ हुने समस्या पनि अनुभव गर्छन् । तर समाजले प्रायः भन्छ, ‘अब त यिनको स्वभाव यस्तै भयो ।’ यसले महिलालाई अझ अलग-थलग बनाउँछ र उनी आफैंलाई कमजोर महसुस गर्छिन् ।

महिनावारी सुकेपछि जेनिटोयुरिनरी सिन्ड्रोम अफ मेनोपोज (जीएसएम) धेरै महिलामा देखिन्छ । योनी पातलो, सुख्खा र कम तन्किने हुन्छ । यसले यौनसम्पर्कमा सुख्खापन, पोल्ने र दुखाइ (डिस्पारेुनिया)को समस्या निम्त्याउछ । मूत्राशय र मूत्रनलीमा परिवर्तनले बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने र पटक-पटक संक्रमण हुने समस्या बढ्छ ।
कोलाजेन उत्पादन घट्दा छाला पातलो, कम लचकदार र सुख्खा हुन्छ । कपाल पनि कमजोर र झर्ने हुन सक्छ । मांसपेशी तथा जोर्नी दुखाइ पनि सामान्य लक्षण हो ।

मेनोपोजले दीर्घकालीन असरहरू पनि निम्त्याउछ । इस्ट्रोजेनले हड्डीमा क्याल्सियम राख्न मद्दत गर्छ । मेनोपोजपछि पहिलो ५–७ वर्षमा हड्डीको घनत्व १०–२० प्रतिशतसम्म घट्न सक्छ । यसले ढाड दुख्ने र सामान्य चोटमा हड्डी भाँचिने जोखिम बढाउँछ ।

इस्ट्रोजेन अभावले रगतमा बोसोको मात्रा वृद्धि हुने परिवर्तन आउँछ, जसले मुटु रोगको जोखिम बढाउँछ । मेनोपोजपछि तौल बढ्ने, इन्सुलिन प्रतिरोध जस्ता अवस्था बढी देखिन्छन्, जसले मेटाबोलिक समस्या (जस्तै मधुमेह) को खतरा बढाउँछ । तर यी जोखिमहरू पूर्वरोकथाम गर्न सकिने खालका हुन् ।

महिनावारी मेनोपोज
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम