+

नेपाल चिकित्सक संघ परिषद् बैठकमा कार्यकाल थप्ने प्रस्ताव विवादमा

२०८२ फागुन  ६ गते १४:४९ २०८२ फागुन ६ गते १४:४९
नेपाल चिकित्सक संघ परिषद् बैठकमा कार्यकाल थप्ने प्रस्ताव विवादमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघको परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ।

६ माघ, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को परिषद् बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल निर्वाचन नभएसम्म बढाउने प्रस्ताव विवादमा परेको छ ।

बुधबार बसेको परिषद् बैठकमा प्रस्तुत उक्त प्रस्तावको विरोध गर्दै पाँच जना परिषद् सदस्यले फरक मत दर्ता गरेका छन् । परिषद्का सदस्य डा. दिपेन्द्र पाण्डेले बैठकमा ल्याएको प्रस्तावमा असमति भएको बताए ।

उनका अनुसार कार्यकारिणी समितिको कार्यकाल अर्को निर्वाचन नभएसम्म थप गर्ने प्रस्ताव नेपाल चिकित्सक संघको विधान, २०४७ विपरीत रहेको छ ।

‘यदि केन्दीय कार्यकारिणी समितिको निर्वाचन हुन सकेन र कार्यकाल समाप्त भयो भने संघ सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी परिषद्‍मा रहनेछ’ डा. पाण्डेले भने । डा. पाण्डेसँगै परिषद् सदस्य डा. छवि पन्थी, डा. अमित उप्रेती, डा. अपिल उप्रेती र डा. सन्जितकुमार साहले पनि फरक मत दर्ता गरेका हुन् ।

उनीहरूले कार्यकारिणी समितिको कार्यकाल समाप्त भएमा संघ सञ्चालन गर्ने जिम्मेवारी परिषद्‍मा रहने विधानअनुसार निर्णय गर्नुपर्ने माग गरेका छन् । संघको कार्यकारिणी समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

जसअनुसार हालको कार्यकाल आगामी २० फागुनमा समाप्त हुँदैछ । २१ फागुनदेखि नेतृत्व रिक्त हुन नदिन ‘परिषद् कार्यसमिति’ गठन गर्नुपर्ने उनीहरूको माग छ ।

विधान मिचेर निर्णय गरिएमा विधानको संरक्षकको हैसियतमा विधानसम्मत रूपमा नयाँ परिषद् कार्यसमिति गठन गरी निर्वाचन प्रक्रिया सुनिश्चित गर्न बाध्य हुने उनीहरूले चेतावनी दिएका छन् ।

नेपाल चिकित्सक संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम