+

महिनावारी सुकेपछि एउटी महिलाको जीवनमा के-के हुन्छ ?

२०८२ फागुन  ५ गते १२:५६ २०८२ फागुन ५ गते १२:५६

उमेर ५० वर्ष नाघ्दै जाँदा मेनोपोज नजिक आउँछ । मेनोपोज भएका महिलाहरूको संख्या दिनदिनै बढिरहेको छ, तर धेरैलाई यसबारे थाहा छैन ।

Shares
महिनावारी सुकेपछि एउटी महिलाको जीवनमा के-के हुन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेनोपोज भनेको महिनावारी स्थायी रूपमा बन्द हुनु हो, जुन डिम्बाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादन घटाउँदा हुन्छ।
  • नेपालमा ४० वर्षमाथिका महिलामध्ये करिब ४१ प्रतिशतले मेनोपोज भइसकेको छ र औसत उमेर ४८.७ वर्ष छ।
  • लगभग ६० प्रतिशतभन्दा बढी नेपाली महिलालाई मेनोपोज र यसले निम्त्याउने स्वास्थ्य समस्याबारे पर्याप्त जानकारी छैन।

महिलाहरूको शरीरले कहिलेकाहीँ केही फरक किसिमका समस्याहरू लिएर आउँछ ।

कहिले हल्का तातोपन, कहिले राति चिटचिट पसिना, कहिले जोर्नी दुखाइ…

यी सबै संकेतलाई हामी प्रायः केवल उमेर बढ्दा भएको समस्या ठान्छौं । तर यिनै मेनोपोज (रजोनिवृत्ति) वा महिनावारी रोकिएपछि देखिने प्रमुख लक्षणहरू हुन् ।

महिनावारी सुकेपछि वा सुक्ने समयमा यो महत्वपूर्ण क्षण ‘मेनोपोज’ केवल नाम मात्र होइन ।

यो शरीर, मन र सम्बन्धहरूको पुनर्संरचनाको जीवन्त अनुभूति हो ।

उमेर बढ्दै जाँदा डिम्बाशय (अण्डाशय) ले डिम्ब र हर्मोन (मुख्यतः इस्ट्रोजेन) उत्पादन गर्न छोड्छ ।

यसको परिणामस्वरूप महिनावारी स्थायी रूपमा बन्द हुन्छ । सामान्य अर्थमा यसै अवस्थालाई ‘मेनोपोज’ अर्थात् रजोनिवृत्ति भनिन्छ । यो बुढ्यौली प्रक्रियाको एक सामान्य शारीरिक घटना हो, रोग वा दुर्घटना होइन ।

महिनावारी स्थायी रूपमा बन्द हुन्छ । सामान्य अर्थमा यसै अवस्थालाई ‘मेनोपोज’ अर्थात् रजोनिवृत्ति भनिन्छ । यो बुढ्यौली प्रक्रियाको एक सामान्य शारीरिक घटना हो, रोग वा दुर्घटना होइन ।

स्पष्ट कुनै रोग वा अवस्था नभई लगातार १२ महिनासम्म महिनावारी नभएपछि यसलाई मेनोपोज भनिन्छ ।

यो शब्द ग्रीक भाषाका ‘मेन’ (महिना) र ‘पाउसिस’ (विराम) बाट आएको हो, जसको शाब्दिक अर्थ ‘महिनाको विराम’ हो । यो अचानक हुने घटना होइन, बरु क्रमिक प्रक्रिया हो ।

रजोनिवृत्तिको समय (पेरिमेनोपोज) मा—अन्तिम महिनावारी अघिका वर्षहरू र पछिको पहिलो वर्ष, महत्त्वपूर्ण हर्मोनल उतारचढाव र लक्षणहरूको सुरुवात हुन्छ । पोस्ट-मेनोपोज भनेको अन्तिम महिनावारीपछि जीवनभर रहने अवस्था हो ।

मेनोपज त्यो क्षण हो, जब हर्मोनहरू चुपचाप बदलिन थाल्छन् ।

मेनोपज भनेको महिनावारी स्थायी रूपमा रोकिनु हो । यसपछि फेरि कहिल्यै महिनावारी हुँदैन । यस अवस्थामा शरीरले अण्डाशयबाट इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको उत्पादन घटाउँछ । तर यसको प्रभाव केवल योनी र महिनावारीमा सीमित हुँदैन ।

हर्मोन घट्दा मस्तिष्क, हृदय, कलेजो, हड्डी र स्नायु प्रणाली सबै प्रभावित हुन्छन् ।

विश्वव्यापी रूपमा महिलाको जीवनको करिब एक-तिहाइ भाग मेनोपोज र पोस्ट-मेनोपोज अवस्थामा बित्छ । उमेर ५० वर्ष नाघ्दै जाँदा मेनोपोज नजिक आउँछ । मेनोपोज भएका महिलाहरूको संख्या दिनदिनै बढिरहेको छ, तर धेरैलाई यसको स्वरूप थाहा छैन । कोही यसलाई गम्भीरतापूर्वक लिँदैनन्, त कोही आफूलाई कमजोर, थाकेको, उदास वा असामान्य महसुस गर्छन् । यो दुवै सही होइन ।

नेपालका विभिन्न अध्ययनअनुसार ४० वर्षमाथिका महिलामध्ये करिब ४१ प्रतिशतमा मेनोपोज भइसकेको देखिन्छ । नेपालमा मेनोपोज हुने औसत उमेर ४८.७ वर्ष छ । दक्षिण एसिया र छिमेकी देशहरू भारत, पाकिस्तान, बंगलादेशमा पनि यो उमेर ४६–४९ वर्षको हाराहारीमा छ । पश्चिमी देशहरूमा भने यो औसत ५०–५१ वर्ष छ ।

नेपालका सर्वेक्षणहरूले धेरै कम महिलालाई मेनोपोज र यसले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी भएको देखाउँछन् । लगभग ६० प्रतिशतभन्दा बढी महिलालाई मेनोपोजबारे पर्याप्त जानकारी नभएको विभिन्न अध्ययनले देखाएका छन् ।

दक्षिण एसियाली महिलाहरूले मेनोपोजबारे खुला छलफल गर्ने अवसर पनि कम पाउने गरेको पाइएको छ ।

महिनावारी मेनोपोज
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

महिनावारी सुकेपछि एउटी महिलाको जीवनमा के-के हुन्छ ?

महिनावारी सुकेपछि एउटी महिलाको जीवनमा के-के हुन्छ ?

गर्भवास्थामा जरुरी छ ‘डुअल मार्कर परीक्षण’ :  किन गरिन्छ ?

गर्भवास्थामा जरुरी छ ‘डुअल मार्कर परीक्षण’ : किन गरिन्छ ?

के हो सोडियम ? शरीरमा कम वा बढी हुनु दुवै हानिकारक 

के हो सोडियम ? शरीरमा कम वा बढी हुनु दुवै हानिकारक 

फोक्सोको वृत्तान्त : यो कस्तो हुन्छ, कसरी काम गर्छ ?

फोक्सोको वृत्तान्त : यो कस्तो हुन्छ, कसरी काम गर्छ ?

महाशिवरात्रिको अवसरमा बृहत् रक्तदान, १०९ युनिट रगत संकलन

महाशिवरात्रिको अवसरमा बृहत् रक्तदान, १०९ युनिट रगत संकलन

वीर अस्पतालका दुई बरिष्ठ चिकित्सकले एकैदिन दिए राजीनामा

वीर अस्पतालका दुई बरिष्ठ चिकित्सकले एकैदिन दिए राजीनामा