+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

श्वास-प्रश्वाससम्बन्धी समस्याको एकै ठाउँ उपचार हुने गरी ‘नेशनल चेष्ट सेन्टर’ स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको मानभवनमा श्वास–प्रश्वाससम्बन्धी उपचारका लागि \'नेशनल चेष्ट सेन्टर\' स्थापना गरिएको छ।

३ फागुन, काठमाडौं । श्वास–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि ललितपुरको मानभवनमा ‘नेशनल चेष्ट सेन्टर’ स्थापना गरिएको छ । श्वास–प्रश्वास सम्बन्धी बिरामीहरूलाई विशेषज्ञ, गुणस्तरीय तथा सहुलियत दरमा सेवा उपलब्ध गराउने उद्देश्यले यस संस्थाको स्थापना गरिएको नेशनल चेष्ट सेन्टरका अध्यक्ष मधुसूदन घिमिरेले जानकारी दिए ।

नेपालमा पछिल्लो समय श्वास–प्रश्वासका बिरामी बढ्दै गएका छन् । सवारी साधनको अत्यधिक चाप, पुराना डिजेल इन्जिन, निर्माण कार्यबाट उड्ने धुलो, उद्योगजन्य उत्सर्जन तथा खुला रूपमा फोहोर जलाउने जस्ता कारणहरूले वायु प्रदूषणको स्तर उच्च बन्दै गएको छ । कोभिड–१९ पश्चात श्वास–प्रश्वास सम्बन्धी परामर्श तथा परीक्षण गराउने बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढेको चिकित्सकहरूले बताउने गरेका छन् ।

नेपालमा यसअघि श्वास–प्रश्वाससम्बन्धी उपचारमा समर्पित, बहुआयामिक सेवा दिने छुट्टै चेष्ट सेन्टरको अभाव रहेको अवस्थामा यो संस्था स्थापना गरिएको घिमिरेले बताए । यसले
श्वास–प्रश्वाससम्बन्धी रोगको उपचारमा नयाँ आयाम थप्ने दावी उनले गरे ।

उनका अनुसार चेष्ट सेन्टरमा श्वास–प्रश्वाससम्बन्धी रोगको पहिचान, परामर्श, उपचार लगायत सबै प्रकारका सेवा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?