News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामी तेस्रोपटकको टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन्।
- सोमपालले वेस्ट इन्डिजविरुद्धको खेलमा पहिलो रोजाइमा परेका छन् र नेपालले तीन पेस बलर समावेश गरेको छ।
- सोमपालले सन् २०१४, २०२४ को टी-२० विश्वकपमा पनि खेलेका थिए र हाल राष्ट्रिय टिममै सक्रिय छन्।
३ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर सोमपाल कामी नेपालबाट तेस्रोपटकको टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन् ।
आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार भइरहेको वेस्ट इन्डिजसँगको खेलमा सोमपाल प्लेइङ ११ मा परेसँगै उनी तेस्रोपटक विश्वकपमा खेल्ने एकमात्र खेलाडी बनेका हुन् ।
समूह सी मा रहेको नेपालले यसअघि इंग्ल्यान्ड र इटलीसँग खेल्दा सोमपाल बेन्चमा थिए । वेष्ट इन्डिज विरुद्ध उनी पहिलो रोजाइमा पर्दै इतिहास रचेका हुन् ।
सोमपाल पहिलो रोजाइमा समावेश भएपछि नेपाली टोली सोमपाल करण केसी र नन्दन यादव गरी तीन पेस बलर समावेश छन् । सन्दीप लामिछाने स्पीनरका रुपमा छन् । यस्तै दीपेन्द्र सिंह ऐरी स्पीन अलराउण्डरको रुपमा छन् । पेस बलिङ अलराउण्ड र गुल्सन झा पहिलो रोजाईँमा खेल्दै आएपनि उनले बलिङ भने गरेका छैनन् ।
नेपालले सन् २०१४ को टी-२० विश्वकपमा डेब्यु गर्दा सोमपाल कान्छा सदस्य थिए । उक्त विश्वकपमा खेलेको एकमात्र खेलाडीका रूपमा सोमपाल हालसम्म पनि राष्ट्रिय टिममै सक्रिय छन् ।
सोमपालले पछिल्लो पटक सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी२० विश्वकपमा पनि खेलेका थिए । सन् २०२६ को संस्करणमा आज पहिलो खेल खेल्न लागेका हुन् ।
सोमपालले सन् २०१४ मा ३ अनि सन् २०१४ मा ३ गरेर हालसम्म ६ वटा विश्वकप खेल खेलेका छन् । उनको यो सातौं विश्वकप खेल हो ।
वेस्ट इन्डिजविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ ।
प्रतिक्रिया 4