+

राइजिङ स्टार्स महिला एसिया कपको दोस्रो खेलमा यूएईसँग खेल्दै नेपाल

२०८२ फागुन  ३ गते ६:३० २०८२ फागुन ३ गते ६:३०
राइजिङ स्टार्स महिला एसिया कपको दोस्रो खेलमा यूएईसँग खेल्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा दोस्रो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ।
  • नेपाल र यूएईबीचको खेल बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ।
  • नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग रहेको छ र शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

३ फागुन, काठमाडौं । थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।

नेपाल र यूएईबीचको खेल थाइल्यान्डको बैंककस्थित तेरथाइ क्रिकेट मैदानमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको थियो । यूएईले भने भारत ‘ए’ लाई पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारत ‘ए’ सँग खेल्नेछ ।

समूह चरणबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली महिला क्रिकेट टोली राइजिङ स्टार्स महिला एसिया कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय