+
टी-२० विश्वकप २०२६ :

बेन्टनको अर्धशतकमा इंग्ल्यान्डले स्कटल्यान्डलाई हरायो

२०८२ फागुन  २ गते १९:४० २०८२ फागुन २ गते १९:४०
बेन्टनको अर्धशतकमा इंग्ल्यान्डले स्कटल्यान्डलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप समूह 'सी' को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हराएको छ।
  • इंग्ल्यान्डका टम बेन्टनले ४१ बलमा ६३ रन बनाएर जितमा महत्वपूर्ण भूमिका खेलेका छन्।
  • स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा पूरा गरेको छ।

२ फागुन, मुम्बई । टम बेन्टनले अर्धशतक प्रहार गरेपछि आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले स्कटल्यान्डमाथि जित हासिल गरेको छ ।

शनिबार कोलकातामा भएको खेलमा इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको १५३ रनको लक्ष्य इंग्ल्यान्डले १८.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

इंग्ल्यान्डलाई जिताउन बेन्टनले ४१ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६३ रन बनाए । ज्याकब बेथेलले ३२ रन बनाए भने साम करानले २८ रन बनाए ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलेन, ब्राड्ली ह्‍वील, माइकल लिस्क, ब्राड्ली करी र ओलिभर डेभिड्सनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले १९.४ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।

कप्तान रिची बेरिङटनले सर्वाधिक ४९ रन बनाए । माइकल जोन्सले ३३, टम ब्रुसले २४ अनि ओलिभर डेभिड्सनले २० रन बनाए ।

इंग्ल्यान्डका लागि आदिल राशिदले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चर र लियाम डसनले २-२ विकेट लिँदा जेमी ओभरटन र साम करानले १-१ विकेट लिए ।

जितसँगै समूह ‘सी’ मा इंग्ल्यान्डले ३ खेलबाट ४ अंक जोडेको छ । स्कटल्यान्डको ३ खेलमा २ अंक छ । स्कटल्यान्डले अब नेपालसँग खेल्न बाँकी छ ।

यो समूहमा वेस्ट इन्डिज २ खेलमा ४ अंकसहित शीर्षस्थानमा छ । २ खेलमा २ अंक जोडेको इटली तेस्रो स्थानमा अनि अंकविहीन नेपाल पुछारमा छ ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय