+

यी हुन् नेपालविरुद्ध खेलिसकेका वेस्ट इन्डिजका खेलाडी

२०८२ फागुन  २ गते १९:१४ २०८२ फागुन २ गते १९:१४
यी हुन् नेपालविरुद्ध खेलिसकेका वेस्ट इन्डिजका खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले आइतबार वेस्ट इन्डिजसँग समूह चरणको तेस्रो खेल खेल्दैछ।
  • गत अक्टोबरमा नेपालले यूएईको शारजाहमा वेस्ट इन्डिजसँग युनिटी कप नामक टी-२०आई शृंखला खेलेको थियो।
  • शृंखलामा खेलेका दुई खेलाडी अकिल होसेन र जेसन होल्डर अहिले विश्वकप टोलीमा छन् र नेपालले टेस्ट राष्ट्रविरुद्ध २-१ ले जितेको थियो।

२ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार वेस्ट इन्डिजसँग खेल्दै छ ।

वेस्ट इन्डिजसँग नेपालले गत अक्टोबरमा यूएईको शारजाहमा पनि टी-२०आई शृंखला खेलेको थियो । युनिटी कप नाम दिइएको उक्त शृंखलामा खेलेकामध्ये दुई खेलाडी मात्र अहिले विश्वकप खेल्ने टोलीमा छन् ।

अकिल होसेन र जेसन होल्डरले उक्त शृंखलामा खेलेका थिए । होसेनले त वेस्ट इन्डिज टोलीको कप्तानी नै गरेका थिए । टेस्ट राष्ट्रविरुद्धको उक्त ऐतिहासिक सिरिज नेपालले २-१ ले जितेको थियो ।

यस्तै नेपालविरुद्ध कीर्तिपुरमा भएको शृंखलामा वेस्ट इन्डिज ‘ए’ बाट अन्य ३ खेलाडीले पनि खेलेका छन् । रोस्टन चेस, गुडाकेश मोटी र जोन्सन चार्ल्स त्यसबेला वेस्ट इन्डिज ए बाट खेल्न नेपाल आएका थिए ।

अलराउन्डर रस्टन चेजले त्यसबेला वेस्ट इन्डिज ‘ए’ को कप्तानी गरेका थिए । वेस्ट इन्डिज ‘ए’ विरुद्धको उक्त सिरिज नेपालले ३-२ ले गुमाएको थियो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय