+

नेपाललाई हल्का रुपमा लिँदैनौं : अकिल होसेन

२०८२ फागुन  २ गते १४:२७ २०८२ फागुन २ गते १४:२७
नेपाललाई हल्का रुपमा लिँदैनौं : अकिल होसेन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका स्पिनर अकिल होसेनले आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रुपमा नलिने बताएका छन्।
  • होसेनले नेपालले गुमाउनुपर्ने केही नरहेको र उनीहरूको क्षमताबारे राम्रोसँग जानकार रहेको उल्लेख गरेका छन्।
  • नेपाल र वेस्ट इन्डिजबीच आइतबार मुम्बईस्थित वानखेडे मैदानमा विहान सवा ११ बजे खेल सुरु हुनेछ।

२ फागुन, मुम्बई । वेस्ट इन्डिजका स्पीन बलर अकिल होसेनले आईसीसी टी-२० विश्वकप २०२६ मा नेपाललाई हल्का रुपमा नलिने बताएका छन् ।

समूह सी अन्तर्गत वेस्ट इन्डिज र नेपालबीच हुने खेलअघि शनिबार भएको प्रि म्याच प्रेस कन्फेरेन्समा होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए ।

‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भने । उनले नेपालले गुमाउनुपर्ने केही नरहेको पनि बताए ।

गत सेप्टेम्बरमा यूएईको सारजहामा भएको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले वेस्ट इन्डिजमाथि २-१ को जित हात पारेको थियो । सुरुवाती दुवै खेल जितेको नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिज १० विकेटले विजयी भएको थियो ।

‘नेपाली टोली एकसाथ धेरै खेलहरू खेलेको एउटा राम्रो टोलीको रुपमा छन् । हो, उनीहरूले हामीलाई सारजाहमा हराएका थिए, तर त्यतिबेला हाम्रा धेरै सिनियर खेलाडीहरू त्यहाँ थिएनन् ।’ हुसेनले भने ।

त्यसबेला होसेनले नै वेस्ट इन्डिजको कप्तानी गरेका थिए । टिमका सिनियर खेलाडीहरू अन्य सिरिजमा व्यस्त रहेकोले होसेनले टिमको कप्तानी गरेका थिए । त्यसबेला वेस्ट इन्डिजबाट खेलेका होसेन र जेसन होल्डर मात्र अहिले विश्वकप खेलिरहेको वेस्ट इन्डिज टिममा छन् ।

नेपाल र वेस्ट इन्डिजबीच आइतबार मुम्बईस्थित वानखेडे मैदानमा विहान सवा ११ बजे खेल सुरु हुनेछ ।

अकिल होसेन टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली वेस्ट इन्डिज क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय