+

आयरल्यान्डले बनायो टी-२० विश्वकप २०२६ को उच्च योगफल

२०८२ फागुन  २ गते १३:०० २०८२ फागुन २ गते १३:००
आयरल्यान्डले बनायो टी-२० विश्वकप २०२६ को उच्च योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयरल्याण्डले आईसीसी टी-२० विश्वकप २०२६ को समूह 'बी' अन्तर्गत श्रीलंकाको कोलोम्बोमा ओमानविरुद्ध २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनाएको छ।
  • आयरल्याण्डले बनाएको २३५ रन टी-२० विश्वकपमा सबैभन्दा उच्च योगफल हो, जुनअघि श्रीलंकाले ओमानविरुद्ध २२६ रन बनाएको थियो।
  • ओमानले प्रतियोगितामा दुई हार भोगिसकेको छ र आजको खेलमा पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ।

२ फागुन, मुम्बई । आयरल्यान्डले आईसीसी टी-२० विश्वकप २०२६ को उच्च योगफल बनाएको छ ।

समूह ‘बी’ अन्तर्गत श्रीलंकाको कोलोम्बोमा ओमानसँग भइरहेको खेलमा आयरल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर २३५ रन बनाएको हो ।

यसअघि श्रीलंकाले ओमानविरुद्ध नै २२५ रनको योगफल बनाएको थियो जुन् सबैभन्दा उच्च थियो ।

लोरकान टकर ५१ बलमा ९४ रनमा अविजित रहे भने गारेथ डेलानीले ५६ रन बनाउँदा जर्ज डकरेलले ९ बलमा ३५ रनको आक्रामक इनिङ खेले ।

टी-२० विश्वकपकै पहिलो शतक बनाउने संघारमा रहेका टकरले शतक भने पूरा गर्न पाएनन् । अन्तिम ओभरमा स्ट्राइकमा रहेका उनले पहिलो बलमा २ रन लिएपछि दोस्रो बलमा १ रन मात्र जोड्न सके।

त्यसपछि डकरेलले एक डट खेलेर बाँकी ३ बलमै छक्का प्रहार गर्दै इनिङ सकाए ।

ओमानका लागि शकील अहमदले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । शाह फेसल र आमिर कलीमले १-१ विकेट लिए ।

ओमानले प्रतियोगितामा दुई हार बेहोरिसकेको छ । आजको खेलमा पराजित भएमा बाहिरिनेछ ।

आयरल्यान्ड क्रिकेट टी-२० विश्वकप २०२६ लोरकान टकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय