News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह सी मा वेस्ट इन्डिजसँग खेल्दैछ।
- नेपालले यसअघि दुवै खेलमा पराजित भई अंकविहीन रहेको छ भने वेस्ट इन्डिज अपराजित छ।
- नेपाली टोलीले मुम्बईस्थित वानखेडे स्टेडियममा अन्तिम अभ्यास सम्पन्न गरेको छ।
२ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले समूह सी मा आफ्नो तेस्रो खेल आइतबार वेस्ट इन्डिजसँग खेल्दैछ ।
यसअघि दुवै खेलमा पराजित नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग महत्वपूर्ण खेलअघि नेपाली क्रिकेट टोलीले शनिबार मुम्बईस्थित वानखेडे स्टेडियममा अन्तिम अभ्यास गरेको छ । नेपाल र वेस्ट इन्डिज बीचको खेलपनि आइतबार यही मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
समूह सी मा स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराएको वेस्टइन्डिज अपराजित रहेर ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल भने यसअघि दुवै खेलमा पराजित भएको थियो र यस समूहमा अंकविहीन हुने एक्लो टोली हो । नेपाल पाँचौं स्थानमा छ ।
नेपाली खेलाडीले शनिबार वानखेडे मैदानको पिचमा नेट लगाएर अभ्यास गरेको थियो । मुख्य प्रशिक्षक स्टुअर्ट ल, बलिङ कन्सलट्यान्ट कोच इयान हार्भे लगायतले नेपाली खेलाडीलाई अभ्यासमा सघाएका थिए । यस्तै स्थानिय नेट बलरहरुको बलिङमा नेपाली ब्याटरले नेटमा अभ्यास गरेको थियो ।
टी-२० विश्वकपको सुपर एटमा पुग्ने लक्ष्यका साथ मुम्बई आएको नेपाली टोलीले यसअघिका दुई खेलमा फरक शैलीमा हार बेहोरेको थियो । पहिलो खेलमा दुई पटकको टी-२० विजेता इंग्ल्याण्डसँग उत्कृष्ट खेलेर पनि ४ रनले चुकेको नेपाल दोस्रो खेलमा भने डेब्युटान्ट टोली इटलीसँग १० विकेटले पराजित भएको थियो । इटलीसँगको लज्जास्पद हार नेपालका लागि निकै निराशाजनक थियो ।
नेपालले टी-२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेपछि वेस्ट इन्डिजसँगै नै शारजाहमा सेप्टेम्बरमा तीन खेलको युनिटी कप टी-२०आई सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले २-१ ले जित्दै इतिहास रचेको थियो ।
त्यसबेला वेस्ट इन्डिजले आफ्नो पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम दिएको थियो भने अकिल होसेनको कप्तानीमा नेपालसँग खेलेको थियो ।
त्यस टिममा खेलेका अकिलसँगै जेसन होल्डर मात्र अहिले विश्वकप खेलिरहेको वेस्ट इन्डिज टिममा छन् ।
तस्वीरहरू











प्रतिक्रिया 4