+

छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा सुष्मा र पुस्करलाई स्वर्ण

२०८२ फागुन  १ गते २२:२४ २०८२ फागुन १ गते २२:२४
छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा सुष्मा र पुस्करलाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।
  • महिला ४८ केजी सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितिन्।
  • यू–१५ पुरुष ४५ केजीमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउँदै स्वर्ण हात पारे।

१ फागुन, काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो ।

महिला ४८ केजीको सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितेको टोलीका प्रशिक्षक समेत रहेका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

यू–१५ पुरुष ४५ केजीमा पुस्करदेव मल्लले कम्बोडियाकै सन सोम्नाङलाई हराउदै स्वर्ण हात पारे ।

पुरुष ५७ केजीमा सन्दिप तामाङ तथा पुरुष ६० केजीमा मुकेश लुइटेल खत्रीले कांस्य पदक हासिल गरे ।

कुन खमेर विश्व च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय