News Summary
Generated by OK AI. Editorially reviewed.- प्लानिङ ब्वाइज युनाइटेडले २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबलाई ४–० ले पराजित गरी प्रवेश गरेको छ।
- प्लानिङका पापा इबु केबेले ह्याट्रिक पूरा गरेका छन् भने एलेक्स विलियमले पेनाल्टीबाट एक गोल गरेका छन्।
- प्लानिङले सेमिफाइनल प्रवेशका लागि उज्वेकिस्तानको आभा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
१ फागुन, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् ।
प्लानिङका लागि अर्काे एक गोल एलेक्स विलियमले गरे । २७औं मिनेटमा डिबक्सभित्र फ्रेण्ड्स क्लबका योगेश गुरुङको हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई सदुपयोग गर्दे एलेक्सले गोल गरे ।
प्लानिङ ब्वाइजले अब सेमिफाइनल प्रवेशका लागि उज्वेकिस्तानको आभा फुटबल क्लबसँग भिड्नेछ ।
सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।
गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् । फाइनल खेल फागुन ९ गते हुनेछ ।
प्रतिक्रिया 4