News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघको अर्ली इलेक्सनअन्तर्गत सी डिभिजनबाट ९ क्लबले मताधिकार प्राप्त गरेका छन्।
- शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा झम्सिखेल युवा क्लब र सामाजिक युवा क्लबले समान १२ मत प्राप्त गरेका थिए।
- सानेपा क्लब, टुसाल युथ क्लब, नयाँ बस्ती युवा क्लब, सिन्धुपाल्चोक फुटबल क्लब र नेपालगन्ज ११ स्पोर्ट्स क्लबले आवश्यक मत नपाएपछि मताधिकारबाट वञ्चित भएका छन्।
१ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्ली इलेक्सनअन्तर्गत आगामी साधारण सभा तथा कार्यसमिति निर्वाचनका लागि सी डिभिजन क्लबतर्फबाट ९ क्लबले मताधिकार प्राप्त गरेका छन् ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न निर्वाचनबाट ९ क्लब मताधिकार प्राप्त क्लबको रूपमा छनोट भएका हुन् । निर्वाचनमा झम्सिखेल युवा क्लब र सामाजिक युवा क्लब ले समान १२ मत प्राप्त गरेका थिए भने अन्य ७ क्लबले ११–११ मत पाएका थिए ।
मताधिकार प्राप्त गर्ने क्लबहरूमा खालीबारी युवा फुटबल क्लब, पुल्चोक स्पोर्ट्स क्लब, मनोहरा एकीकृत युवा क्लब, महावीर स्टडीज एन्ड एथलेटिक्स सेन्टर, समाज कल्याण खेलकुद केन्द्र क्लब, स्पोर्ट्स एकेडेमी साँगा र स्वयम्भू क्लब रहेका छन् ।
यसैगरी सानेपा क्लब (३ मत), टुसाल युथ क्लब, नयाँ बस्ती युवा क्लब, सिन्धुपाल्चोक फुटबल क्लब र नेपालगन्ज ११ स्पोर्ट्स क्लब (समान १–१ मत) ले भने आवश्यक मत नपाएपछि मताधिकारबाट वञ्चित भएका छन् ।
यससँगै सी डिभिजनबाट छनोट भएका ९ क्लबले एन्फाको आगामी निर्वाचन प्रक्रियामा मतदान गर्न पाउने भएका छन् ।
प्रतिक्रिया 4