News Summary
Generated by OK AI. Editorially reviewed.- थाइल्यान्डमा सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटमा पाकिस्तान 'ए' ले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ।
- पाकिस्तान 'ए' ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको छ, कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन्।
- नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए।
१ फागुन, काठमाडौं । थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तान ‘ए’ ले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ ।
तेरथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तान ‘ए’ ले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाएको हो ।
कप्तान हफ्सा खालिदले अविजित ४८ रन बनाइन् । वाहीदा अख्तरले २३ रन बनाइन् । हुरेना सजादले १७ रन बनाइन् ।
नेपालका लागि कविता कुँवरले २ विकेट लिइन् भने मनिषा उपाध्याय, रिया शर्मा, सीता रानामगर र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।
प्रतिक्रिया 4