+
कोपा डेल रे :

बार्सिलोनामाथि एट्लेटिकोको फराकिलो जित

२०८२ फागुन  १ गते ९:२४ २०८२ फागुन १ गते ९:२४
बार्सिलोनामाथि एट्लेटिकोको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको छ।
  • एट्लेटिकोले पहिलो हाफमै चार गोल गरेको थियो जसमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गरे।
  • खेलको सातौं मिनेटमा एरिक गार्सियाबाट आत्मघाती गोल हुँदा एट्लेटिकोले अग्रता लिएको थियो र ८५औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

१ फागुन, काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडले बार्सिलोनामाथि फराकिलो जित हासिल गरेको छ ।

एट्लेटिकोले बार्सिलोनालाई ४-० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमै एट्लेटिकोले ४ गोल गरेको थियो ।

एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एडेमोला लूकमन र जुलियन अल्भारेजले एक-एक गोल गर्दा एक गोल उपहार पायो ।

खेलको सातौं मिनेटमा एरिक गार्सियाबाट आत्मघाती गोल हुँदा एट्लेटिकोले अग्रता लिएको थियो ।

१४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा लूकमनले गोल गरेपछि एट्लेटिको ३-० ले अगाडि बढ्यो ।

इन्जुरी समयमा अल्भारेजले गोल गरेपछि एट्लेटिकोले ४-० को अग्रता बनायो । त्यसपछि गोल भएनन् ।

८५औं मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना अन्तिम केही समय १० खेलाडीमा सीमित भएको थियो ।

कोपा डेल रे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय