+

इटलीको ऐतिहासिक जितमा कलाकार कबिर बेदीको खुसी

२०८२ फागुन  १ गते १०:०७ २०८२ फागुन १ गते १०:०७
इटलीको ऐतिहासिक जितमा कलाकार कबिर बेदीको खुसी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटलीले मुम्बईको वानखेडे स्टेडियममा भएको आईसीसी टी-२० विश्वकपमा नेपाललाई १० विकेटले पराजित गर्दा कलाकार कबिर वेदी पनि दर्शकदिर्घामा थिए ।
  • इटालियन क्रिकेट फेडेरेसनका अध्यक्ष सिमोनी गाम्बिनोले इटलीको ऐतिहासिक जितपछि आँशु थाम्न नसकेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिएको छ ।
  • इटलीले समूह सी मा २ अंकसहित तेस्रो स्थान हासिल गरेको छ भने नेपाल अंकविहीन भएर पूछारमा परेको छ ।

१ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकपमा इटलीले बिहीबार मुम्बईको वानखेडे स्टेडियममा नेपाललाई १० विकेटले पराजित गर्दै ऐतिहासिक जित हात पार्‍यो ।

इटलीले मैदानमा इतिहास रच्दै गर्दा इटालियन क्रिकेट फेडेरेसनका अध्यक्ष सिमोनी गाम्बिनोले आफ्नो आँशु थाम्प सकेनन् । फेडेरेसनले सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोमा पनि त्यो स्पष्ट देख्न सकिन्छ ।

गाम्बिनोसँग इटलीले मुम्बईमा विश्वकप खेल खेलेको र ऐतिहासिक जितको बारेमा कुरा गर्ने चर्चित भारतीय कलाकार कबिर बेदी पनि सँगै थिए । उनले इटलीको जितमा गाम्बिनोलाई बधाई पनि दिए ।

इटालियन कनेक्सन भएका यी भेट्रान कलाकारले इटलीको क्रिकेटलाई खुबै माया गरेको देखियो । यस्तै इटलीले मुम्बईमा आएर विश्वकप खेल्ने बारेर आफूले कहिल्यै नसोचेको र यो खुसीको क्षण रहेको बेदीले बताएका थिए ।

इटालियन क्रिकेट फेडेरेसनका अध्यक्ष गाम्बिनो र कबिर वेदी पुराना साथी पनि हुन् । त्यसैले खेलको बारेमा उनीहरु इटालियन भाषामा समेत कुरा गरिहेका थिए ।

भारतीय कलाकार कबीर बेदीलाई इटाली सरकारले प्रतिष्ठित नागरिक सम्मान प्रदान गरेको छ । उनलाई सन् २०१० मा नाइट अफ दि अर्डर अफ दि स्टार अफ इटली अवार्डबाट सम्मान गरिएको थियो ।
इटाली सरकारले विदेशी नागरिकलाई इटालीसँगको सांस्कृतिक, कूटनीतिक वा सामाजिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याएबापत यो सम्मान प्रदान गर्ने गर्दछ ।

कबीर बेदी इटालीमा अत्यन्त लोकप्रिय छन् । विशेषगरी सन् १९७० को दशकमा प्रसारित इटालियन टेलिभिजन सिरिज सान्दाकन मार्फत । जसले उनलाई इटालीमा स्टारको हैसियत दिलाएको थियो । उनको इटालीसँगको लामो सांस्कृतिक सम्बन्ध र लोकप्रियताका कारण उनलाई उक्त ‘नाइट’ सम्मान प्रदान गरिएको हो ।

८० वर्षीय भारतीय कलाकार कबिर वेदीले इटलीको क्रिकेटलाई मज्जैले समर्थन गरिरहेका थिए । नेपालमाथि १० विकेटको जितपछि वानखेडेको मिडिया बक्समा भेटिएकी इटालियन पत्रकार एरिका मान्माले पनि सान्दाकुनका कलाकार वेदीले इटलीको क्रिकेटलाई खुबै समर्थन गर्ने कुरा जानकारी दिएकी थिइन् ।

कबिर बेदी इटलीमा पनि खुबै चर्चित छन् । किनभने उनले सन् १९७६ मै चर्चित इटालियन मिनीसिरिज सान्दाकुनमा अभिनय गरेका थिए । जहाँ बेदीले ‘मलेसियन टाइगर’ को मूख्य भूमिकामा अभिनय गरेका छन् । जो एक क्रान्तिकारी पाइरेटको रुपमा हुन्छन् र ब्रिटिस अधिनायकवाद विरुद्ध लड्छन् ।

यस्तै फेडेरेसनका अध्यक्ष गाम्बिनोले पनि इटलीमा वेदीलाई मात्र चिन्ने बताइरहेका थिए । ‘इटलीमा उनीहरुले तपाईंलाई मात्र चिन्छन् । दी मलेसियन टाइगर (मुख्य पात्र) कबिर बेदी’ उनले भने ।

मिडिया बक्समा भेटिएकी ती पत्रकार मान्माले पनि वेदी सान्दाकुनको चर्चित कलाकार भएको कुरा निकै खुसीका साथ सुनाउँदै थिइन् ।

नेपाल र इटलीबीचको खेल हेर्न वानखेडेमा इटालियन क्रिकेट फेडरेसनमा केही पदाधिकारी र केही संख्यामा मात्र दर्शक उपस्थित थिए । यस्तै मिडिया बक्समा मान्मा सहित जम्मा तीन जना मात्र इटालियन पत्रकार रहेको पनि मान्माले बताएकी थिइन् ।

मान्नमाले खेलपछि वेदीलाई भेटेर कुरा समेत गरेकी थिइन् । जहाँ वेदीले मल्टिकल्चरल इटालियन टिमले राम्रो सरप्राइज दिएको बताएका थिए ।

यस्तै खेलाडीहरुको हस्ताक्षर सहितको जर्सी पनि वेदीलाई प्रदान गरिएको थियो ।

फेडेरेसनका अध्यक्ष गाम्बियानोले ५० वर्षअघि इटलीमा क्रिकेट खेलेको भन्दा मानिसहरुले हाँसेर उठाउने गरेको कुरा पनि स्मरण गरे । ‘मैले कहिले पनि यो क्षणको बारेमा सोचेको थिइन । तर हामी अब इंग्ल्याण्ड विरुद्ध खेल्नका लागि कोलकाता जाँदैछु । हामी सेमिफाइनल पुग्न चाहन्छौँ ।’ इटालियन क्रिकेट फेडेरेसनले पोष्ट गरेको भिडियोमा गाम्बियानोले भनेका छन् ।

समूह सी मा दुई मध्ये एक जित र एक हारपछि २ अंकसहित इटली इंग्लयाण्डलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । वेस्ट इन्डिज दुई जितबाट ४ अंकसहित शीर्षमा छ । स्कटल्याण्ड र इंग्ल्याण्डको पनि समान २ अंक छ र क्रमश: दोस्रो र चौथो स्थानमा छ । नेपाल अंकविहिन हुँदै पूछारमा छ ।

इटली क्रिकेट कबिर बेदी

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय