+
टी-२० विश्वकप २०२६ :

नेपालको लज्जास्पद हार, स्पिनर र मोस्का दाजुभाइले दिलाए इटलीलाई ऐतिहासिक जित

२०८२ माघ  २९ गते १७:५५ २०८२ माघ २९ गते १७:५५

एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो ।

नेपालको लज्जास्पद हार, स्पिनर र मोस्का दाजुभाइले दिलाए इटलीलाई ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ मा इटली विरुद्ध कमजोर ब्याटिङ गर्दा नेपालले लज्जासपद हार व्यहोरेको छ ।
  • इटलीका मोस्का दाजुभाइले उत्कृष्ट ब्याटिङ गर्दै टी-२० विश्वकपमा इटलीको पहिलो जित दिलाएका छन् ।
  • इटलीका स्पीनर क्रिसन कालुगमागेले ३ विकेट लिए भने बेन्जामिन मानेन्टीले २ विकेट लिए ।

२९ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ ।

एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो ।

समूह सी मा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहिन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पराजित भएको इटलीले भने टी-२० विश्वकपमा आफ्नो पहिलो जित हात पारेको हो । यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटलीले विश्वकपमा आफ्नो दोस्रो खेलमा पहिलो जित हात पारेको हो ।

इंग्ल्याण्ड विरुद्ध ठूलो स्कोर पछ्याउँदा पनि नेपालले उत्कृष्ट ब्याटिङ गरेको भन्दै विश्वभरबाट प्रंशसा भएको थियो । तर इटली विरुद्ध भने नेपालको ब्याटिङ फितलो बन्दा १२३ रनमै अलआउट भए ।

इटलीका मोस्का दाजुभाई (एन्थोनी र जस्टिन) ले लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट सुरुवात दिलाएका थिए । मोस्का ब्रदर्सले ६ ओभरको पावर प्लेअकै ६८ रन बनाउँदै इटलीको जितको आधार बनाएका थिए ।

दुवैले ११औं ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । सन्दीप लामिछानेले बलिङ गरेको उक्त ओभरको चौथो बलमा जस्टिनले सिंगल लिएर अर्धशतक पूरा गरेका थिए भने अर्को बलमा एन्थोनीले छक्का हान्दै अर्धशतक बनाए ।

त्यसअघि मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा १२३ रनमा अलआउट भएको हो ।

इटलीको स्पीनरको उत्कृष्ट बलिङ सामु नेपाली ब्याटरहरुले संघर्ष गर्दा पूरा ओभर समेत ब्याटिङ गर्न सकेन ।

नेपालको लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।

नेपालबाट आशा गरिएका ओपनर कुशल भुर्तेल र पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गरेका लोकेश बम इटली विरुद्ध चल्न सकेनन् । दुवै जना सिंगल डिजिट स्कोरमा आउट भए ।

नेपालको स्कोर ८ रनमात्र हुँदा ओपनर कुलश भुर्तेल व्यक्तिगत ५ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

पहिलो विकेट गुगेपछि कप्तान रोहित र आसिफ शेखले ४१ रनको साझेदारी गर्दै नेपालको इनिङ्स बिल्ड गर्दै सेट भएका थिए ।

तर नेपालको स्कोर ४९ हुँदा दुवै खेलाडी आउट भए । कप्तान रोहितले आज केही छिटो ब्याटिङ गर्दै १४ बलमा २ छक्का प्रहार गरी २३ रन बनाए । अर्का ओपनर आसिफले २० बलमा २० रन जोड्दा २ चौका प्रहार गरे । इटलीका विकेटकिपर जियन पिएरो मिडले निकै चलाखीपूर्ण तरिकाले आसिफलाई स्टम्प गराएका थिए ।

त्यसपछि उपकप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्दै अघि बढाए । चौथो विकेटका लागि यो जोडीले ४४ रनको साझेदारी गरे । उपकप्तान दीपेन्द्रल १८ बलमा १७ रन बनाएर आउट भए ।

पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध आक्रमक ब्याटिङ गर्दै सबैको प्रशंसा पाएका लोकेश बम आज ५ बल खेल्दै ३ रन बनाएर आउट भए ।

एक छेउ सम्हालिरहेका आरिफ शेख नेपालको स्कोर १०० पुगेपछि छैटौ विकेटका रुपमा आउट भए ।

त्यसपछि १७औं ओभरमा नेपालले २ विकेट गुमायो । गुल्सन झा ४ बलमा ३ रन बनाएर आउट भए । उनलाई क्रिसन कालुगमागेले आउट गरे । सोही ओभरमा नन्दन यादव खाता नखोली रनआउट भए ।

त्यसपछि करण केसीर सन्दीप लामिछानेले २१ रनको साझेदारी गरे । करणले ११ बलमा अविजित १८ रन जोडे ।

नेपालको इनिङ्सलाई दबाबमा राख्न इटलीका स्पीनर हावी भए । इटलीका स्पीनर मिलेर ६ विकेट लिएका थिए । इटलीका लागि लेगस्पीनर क्रिसन कालुगमागेले सर्वाधिक ३ विकेट लिए । यस क्रममा उनले ४ ओभरमा १८ रन खर्चिए । यस्तै अफ ब्रेक बलिङ गर्ने बेन्जामिन मानेन्टीले ४ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए ।

गम महिना अष्ट्रेलियामा भएको बिग बास लिगमा सिड्नी सिक्सर्सबाट खेलेका उनी त्यसलगत्तै इटली टिममा समावेश भएका थिए । टी२० विश्वकपअघि उनले जम्मा ३ विकेट लिएका थिए । आज जेपाल विरुद्धको प्रदर्शन उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

अर्का स्पीनर जेजे स्मट्सले १ विकेट लिए । यस बाहेक पेस बलर अली हसन र जसप्रित अलीले १-१ विकेट लिए । नेपालका एक खेलाडी रनआउट भए ।

नियमित कप्तान वायन म्याडसने स्कटल्याण्ड विरुद्ध पहिलो खेलमा घाइते भएपछि आज ह्यारी मानेन्टीले इटलीको कप्तानी गरेका थिए ।

आईसीसी टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय