+

प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जित

२०८२ माघ  २९ गते ९:४५ २०८२ माघ २९ गते ९:४५
प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फुलहमलाई ३-० गोलअन्तरले हराएको छ।
  • सिटीका एन्टोइन सेमेन्यो, निको ओ'रिली र एर्लिङ हालान्डले एक-एक गोल गरेका छन्।
  • सिटीले २६ खेलमा ५३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ र आर्सनलसँगको अंकदूरी ३ मा झरेको छ।

२९ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा सिटीले फुलहमलाई ३-० गोलअन्तरले हराएको हो । सिटीको जितमा एन्टोइन सेमेन्यो, निको ओ’रिली र एर्लिङ हालान्डले एक-एक गोल गरे ।

खेलको २४औं मिनेटमा सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा ओरिलीले गोल गर्दै अग्रता दोब्बर पारे ।

३९औं मिनेटमा हालान्डले गोल थप्दै पहिलो हाफमै ३-० को अग्रता बनायो । दोस्रो हाफमा थप गोल भएनन् र सिटी विजयी भयो ।

गएराति नै भएको अर्को खेलमा लिभरपुलले सन्डरल्यान्डलाई १-० ले पराजित गर्‍यो ।

जितपछि दोस्रो स्थानको सिटीले २६ खेलमा ५३ अंक जोड्दै आर्सनलसँगको अंकदूरी ३ मा झारेको छ । एक खेल कम खेलेको आर्सनलको ५६ अंक छ । आर्सनलले यो साता दुई खेल खेल्दै छ ।

यस्तै लिभरपुल २६ खेलमा ४२ अंकसहित छैटौं स्थानमा छ ।

इ‌ंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय