+

सीईसीले जित्यो पीएम कप काठमाडौं छनोटको उपाधि

२०८२ माघ  २८ गते २२:४६ २०८२ माघ २८ गते २२:४६
सीईसीले जित्यो पीएम कप काठमाडौं छनोटको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला छनोटको प्रधानमन्त्री कप क्रिकेटको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टरले जितेको छ।
  • फाइनलमा सीईसीले महाविर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई १३८ रनले पराजित गरेको हो।
  • प्रतियोगिताको उत्कृष्ट खेलाडी सीईसीका रित गौतम घोषित भएका छन्।

२८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) क्रिकेटको काठमाडौं जिल्ला छनोटको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले जितेको छ।

बुधबार भएको फाइनल खेलमा सीईसीले महाविर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

सीईसीले दिएको २३० रनको लक्षेय पछ्याएको महाविर २१.३ ओभरमा ९१ रनमा अलआउट भयो । प्रतिश जीसीले सर्वाधिक ४७ रन बनाए ।

सीईसीका लागि दयानन्द मण्डलले ४ विकेट लिए भने मोन्सन सिंह र गणेश विष्टले ३-३ विकेट लिए ।

त्यसअघि  पहिले ब्याटिङ गरेको सीईसीले ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो। विरेन्द्र धनादीले ६६ रन बनाए । बलिङमा महाविरका सोनु देवकोटाले ४ विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सीईसीका रित गौतम घोषित भए । उनले तीन शतक प्रहार गरेका थिए ।

पीएम कप काठमाडौं छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय