+

प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

२०८२ माघ  २८ गते २१:२७ २०८२ माघ २८ गते २१:२७
प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

२८ माघ, सुनसरी । प्लानिङ ब्वाइज युनाइटेड क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा जारी २६ औँ अन्तराष्ट्रीय आमन्त्रण बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा लालिगुराँस फुटबल क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको छैटौं मिनेटमा लालिगुराँसका इस्कन्दर सिदिकीले गोल गर्दै टोलीलाई १–० ले अग्रता दिलाएपनि दोस्रो हाफको १४औँ मिनेटमा प्लानिङ ब्वाइजका विलियम एलेक्सले एकल प्रयासमा गोल गर्दै १–१ गोलको बराबरी बनाए ।

रोमान्चक प्रतिस्पर्धामा दोस्रो हाफकै ४१ औँ मिनेटमा एलेक्सकै पासमा खेलका म्यान अफ द म्याच प्रताप सिंह राईले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

म्यान अफ द म्याच प्रताप सिंह राईले नगद १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

बिहीबारको दोस्रो सेमिफाइनल खेल झापा ११ झापा र लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौंबीच हुने छ ।

फाइनल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय