+

मुम्बई टुरको तेस्रो खेलमा डीसीएका कार्कीको शतक

२०८२ माघ  २८ गते १६:२८ २०८२ माघ २८ गते १६:२८
मुम्बई टुरको तेस्रो खेलमा डीसीएका कार्कीको शतक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी क्रिकेट एकेडेमीका रमित कार्कीले मुम्बई टुरको तेस्रो खेलमा ११५ बलमा १३९ रनको शतकीय पारी खेले।
  • डीसीएले मुम्बईमा मारीया क्रिकेट एकेडेमीलाई २१० रनको लक्ष्य दिएको छ।
  • डीसीए टोलीले मुम्बईका ६ स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने र विश्वकप क्रिकेट अवलोकन गर्ने कार्यक्रम तय गरेको छ।

२८ माघ, मुम्बई । धनगढी क्रिकेट एकेडेमी (डीसीए) का रमित कार्कीले मुम्बई टुरकाे तेस्रो खेलमा शतक प्रहार गरेका छन्।

मुम्बईकाे आजाद मैदानकाे न्यू इरा पिचमा मारीया क्रिकेट ऐकेडेमी विरुद्धकाे खेलमा रमित कार्कीले शतकीय पारी खेलेका हुन्।

डीसीएका लागि कार्कीले ११५ बलमा १३९ रनकाे सतकिय पारी खेलेका थिए ।‌ उनकाे शतककाे सहयाेगमा डीसीएले मारीया क्रिकेट ऐकेडेमीलाई २१० रनकाे लक्ष्य दिएको छ ।

क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो। भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न ६ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन्।

यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

रमित कार्की

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय