+

टी-२०आई ब्याटिङ र बलिङ वरियतामा दीपेन्द्र माथि उक्लिए

२०८२ माघ  २८ गते १६:४५ २०८२ माघ २८ गते १६:४५
टी-२०आई ब्याटिङ र बलिङ वरियतामा दीपेन्द्र माथि उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ र बलिङ वरियतामा माथि उक्लिएका छन्।
  • नेपाली कप्तान रोहित पौडेलले ब्याटिङ वरियतामा ३ स्थान सुधार गरेका छन् ।
  • बलिङमा सन्दीप लामिछानेले १० स्थान सुधार गरी ७४औं स्थानमा पुगेका छन्।

२८ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ र बलिङ वरियतामा माथि उक्लिएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको वरियताअनुसार दीपेन्द्र ब्याटिङमा ४ स्थान माथि उक्लिएर ७२औं स्थानमा पुगेका छन् भने बलिङमा ५ स्थान माथि उक्लिँदै ७१औं स्थानमा पुगेका हुन् ।

दीपेन्द्र अलराउन्डर वरियतामा भने छैटौं स्थानमा यथावत् छन् । दीपेन्द्रले टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डसँगको खेलमा ४४ रन बनाउनुका साथै २ विकेट पनि लिएका थिए ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि ब्याटिङमा ३ स्थान सुधार गरेर ७५औं स्थानमा पुगेका छन् । कुशल भुर्तेलले ४ स्थान सुधार गरेर ७७औं स्थानमा छन् ।

बलिङमा सन्दीप लामिछानेले १० स्थान सुधार गरेर ७४औं स्थानमा उक्लिएका छन् ।

नेपालले विश्वकपको दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दै छ ।

आईसीसी वरीयता दीपेन्द्रसिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय