+

कप्तान रोहित बिरामी, प्रशिक्षक ल भन्छन्- भोलिको खेलका लागि ठीक हुन सक्छन्

२०८२ फागुन  २ गते १४:२१ २०८२ फागुन २ गते १४:२१
कप्तान रोहित बिरामी, प्रशिक्षक ल भन्छन्- भोलिको खेलका लागि ठीक हुन सक्छन्

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई ज्वरो र पेटको समस्या देखिएको छ भने उनी भोलिको खेलका लागि ठीक हुन सक्छन्।
  • प्रशिक्षक स्टुअर्ट लका अनुसार रोहित शनिबारको अभ्यासमा सहभागी भएनन् तर चिन्ताको विषय नरहेको बताए।
  • नेपालले आइतबार मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजसँग आफ्नो तेस्रो विश्वकप खेल खेल्नेछ।

२ फागुन, मुम्बई । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल बिरामी परेका छन् । मुख्य प्रशिक्षक स्टुअर्ट लका अनुसार रोहितलाई ज्वरोसँगै पेटको समस्या देखिएको हो ।

वेस्ट इन्डिजसँगको खेलअघि शनिबार आयोजित प्रि-म्याच प्रेस कन्फेरेन्समा बोल्दै प्रशिक्षक लले रोहितलाई समस्या देखिएको भएपनि भोलिसम्म ठीक हुने सम्भावना रहेको बताए ।

रोहित शनिबार भएको नेपालको अभ्यासमा पनि सामेल भएका थिएनन् । प्रशिक्षक लले चिन्ताको विषय नरहेको बताएका हुन् ।

‘रोहितलाई ज्वरो अनि पेटको समस्या पनि देखिएको थियो । तर उनी भोलिको खेलका लागि फाइन (ठीक) हुन सक्छन् । चिन्ताको विषय छैन’ प्रशिक्षक लले भनेका हुन् ।

रोहितले जारी विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाएका छन् । पहिलो खेलमा ३९ अनि दोस्रो खेलमा २३ गरी उनले ६२ रन बनाएका छन् ।

नेपालले आइतबार आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दै छ । खेल विहान सवा ११ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय