News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा लगातार तेस्रो जित निकाल्दै सुपर ८ सम्भावना बलियो बनाएको छ।
- दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै १७.१ ओभरमा १७६ रनको लक्ष्य पूरा गर्यो।
- दक्षिण अफ्रिकाका कप्तान एइडेन मार्क्रमले अविजित ८६ रन बनाए भने मार्को यान्सेनले ४ विकेट लिए।
२ फागुन, मुम्बई । दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२६ मा लगातार तेस्रो जित निकाल्दै सुपर ८ सम्भावना थप बलियो बनाएको छ ।
शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि ७ विकेटको जित निकाल्यो ।
न्युजिल्यान्डले दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि कप्तान एइडेन मार्क्रमले ४४ बलमा ८ चौका र ४ छक्कासहित अविजित ८६ रन बनाए ।
डेभिड मिलर २४ रनमा अविजित रहे । रायन रिकेल्टन र डेवाल्ड ब्रेभिसले समान २१ रन बनाए भने क्विन्टन डिककले २० रन बनाए ।
न्युजिल्यान्डका लागि लकी फर्गुसन, जिमी नीशम र रचिन रविन्द्रले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
मार्क चापमानले सर्वाधिक ४८ रन बनाए भने डारिल मिचेलले ३२, फिन एलेनले ३१ अनि जिमी नीशमले अविजित २३ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि मार्को यान्सेनले ४ ओभरमा ४० रन दिएर ४ विकेट लिए । लुङ्गी एङ्गिडी, केशव महाराज र कर्बिन बोशले १-१ विकेट लिए ।
लगातार ३ खेल जितेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ । न्युजिल्यान्ड ३ खेलमा ४ अंकसहित दोस्रोमा छ । यूएई २ खेलमा २ अंकसहित तेस्रोमा छ भने क्यानडा र अफगानिस्तान अंकविहीन छन् ।
प्रतिक्रिया 4