+

महाशिवरात्रिको अवसरमा बृहत् रक्तदान, १०९ युनिट रगत संकलन

२०८२ फागुन  ३ गते ११:४७ २०८२ फागुन ३ गते ११:४७
महाशिवरात्रिको अवसरमा बृहत् रक्तदान, १०९ युनिट रगत संकलन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मानव धर्म सेवा समितिले महाशिवरात्रिको अवसरमा काठमाडौँको गौशालास्थित केन्द्रीय कार्यालयमा १०९ जनाले रक्तदान गरेको छ।

 

३ फागुन, काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रिको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको गौशालास्थित समितिको केन्द्रीय कार्यालयमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा १०९ जनाले गरेको समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले जानकारी दिएकी छिन् ।

विज्ञानले विश्वमा धेरै आविष्कार गरे पनि रगतको विकल्प अहिलेसम्म नभएको उनले बताइन् । ‘बढ्दो रक्त आवश्यकतालाई पूरा गर्ने सबैभन्दा प्रभावकारी उपाय मानवताको भावनाबाट गरिने रक्तदान नै हो’ उनले भनिन्, ‘दानहरूमध्ये सबैभन्दा महान् दान रक्तदान हो ।’

महाशिवरात्रिजस्तो पर्वलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले समाजमा सेवा, सहकार्य र मानवीयताको सशक्त सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

आध्यात्मिक तथा सामाजिक सेवामा समर्पित यस संस्थाले विभिन्न अवसरमा रक्तदान कार्यक्रमसँगै सरसफाइ अभियान, शैक्षिक सामग्री वितरण तथा अन्य परोपकारी कामहरू गर्दै आएको छ ।

रक्तदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय