+

युक्रेनमा जनसंख्या घट्दै, सैनिकहरूको वंश जोगाउन नि:शुल्क ‘स्पर्म बैंकिङ’

२०८२ फागुन  ५ गते १३:५५ २०८२ फागुन ५ गते १३:५५

कीभस्थित सरकारी प्रजनन केन्द्रका निर्देशक ओक्साना होलिकोभाका अनुसार युद्धले शारीरिकसँगै मानसिक र प्रजनन समस्या निम्त्याएको छ ।

युक्रेनमा जनसंख्या घट्दै, सैनिकहरूको वंश जोगाउन नि:शुल्क ‘स्पर्म बैंकिङ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुससँगको युद्धका कारण युक्रेनमा सैनिक मृत्यु र सन्तान उत्पादन घट्दै जनसंख्या संकट सुरु भएको छ।
  • युक्रेन सरकारले सैनिकहरूको शुक्रकीट निःशुल्क भण्डारण गर्ने स्पर्म बैंकिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ।

रुससँगको युद्धका कारण युक्रेनले जनसांख्यिक संकटको सामना गर्न थालेको छ । युद्धका कारण सैनिकहरूको मृत्यु भइरहने तर सन्तान उत्पादन कम हुने भएपछि युक्रेनमा जनसंख्या घट्न थालेको हो ।

यसबाट बँच्न युक्रेनले सैनिकहरूको शुक्रकीट निःशुल्क भण्डारण गर्ने कार्यक्रम नै सञ्चालनमा ल्याएको छ । जसलाई स्पर्म बैंकिङ भनिएको छ ।

यो कार्यक्रम अन्तर्गत युद्धमा खटिएका सैनिकहरूले आफ्नो शुक्रकीट ‘फ्रिज’ गरेर सुरक्षित राख्न पाउनेछन् । यदि युद्धका क्रममा कुनै सैनिकको मृत्यु भएमा वा घाइते भएर प्रजनन क्षमता गुमाएमा उनीहरूका पत्नीले सुरक्षित राखिएको सोही शुक्रकीट प्रयोग गरेर सन्तान जन्माउन सक्ने कानुनी व्यवस्था गरिएको छ ।

यसअघि सन् २०२२ मै निजी क्लिनिकहरूले यो सेवा सुरु गरेका थिए । पछि युक्रेनी संसदले यसलाई व्यवस्थित गर्न विशेष ऐन नै पारित गरेको थियो । तर, त्यसमा दाताको मृत्यु भएमा शुक्रकीट नष्ट गर्नुपर्ने प्रावधान राखिएको थियो । जसलाई लिएर चौतर्फी विरोध भयो । त्यसपछि संशोधन गरेर बनाइएको नयाँ नियमअनुसार अब सैनिकको मृत्यु भएको ३ वर्ष पछिसम्म शुक्रकीट सुरक्षित राख्न सकिन्छ । दम्पतीको पूर्वसहमतिमा प्रयोग गर्न सकिन्छ ।

कीभस्थित सरकारी प्रजनन केन्द्रका निर्देशक ओक्साना होलिकोभाका अनुसार युद्धले शारीरिकसँगै मानसिक र प्रजनन समस्या निम्त्याएको छ । रुस-युक्रेन युद्ध सुरु भएयता युक्रेनमा गर्भवती महिलाहरूको संख्या आधाले घटेको छ । यस्तो अवस्था सिर्जना भएको युक्रेनमा यो सुविधाले सैनिकहरूलाई मानसिक शान्ति दिने विश्वास गरिएको छ ।

त्यस्तै अब युक्रेन सरकारले सैनिक भर्नाकै क्रममा डिएनए नमुना संकलन गरे जस्तै शुक्रकीट भण्डारणलाई पनि व्यापक बनाउने योजना बनाएको छ । यसले युद्धपछिको युक्रेनमा नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने जनाइएको छ ।

बीबीसीबाट

युक्रेन शुक्रकीट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

न्याम्सका आवसीय चिकित्सक आन्दोलनमा, सेवा बन्द गर्ने चेतावनी

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

के हातमा पसिना आइरहनु कुनै रोगको संकेत हो ?

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

रोगप्रतिरोधि क्षमता, दीर्घायु र यौवन जोगाउने अमला

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

हात पोल्यो, तुरुन्त के गर्ने ? जानी राखौं ६ घरेलु उपाय

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

बन्यो खोकीको आवाजबाट फोक्सोको समस्या पत्ता लगाउने एप, अस्पतालले दियो अनुमति

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम

गलगाँड हटायो आयोडिनयुक्त नुनले, तर त्यसैले बढाउँदैछ थाइराइडको जोखिम