News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका आवासीय चिकित्सकहरूले रात्री ड्युटी भत्ता र पुस्तकालय सुधार लगायत माग राखेर आन्दोलन घोषणा गरेका छन्।
१० फागुन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का आवासीय चिकित्सकहरूले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । रात्री ड्युटीको भत्ता समयमै दिनुपर्ने, ड्युटी मिलाउनुपर्ने, पुस्तकालय सुधार लगायत अन्य सुविधाहरूको मागलाई आवासीय चिकित्सकहरूले राखेका छन् ।
‘रेजिडेन्स एसोसिएन अफ न्याम्सले प्रेस विज्ञप्ति जारी गरी आजबाट न्याम्सका सबै कार्यालयहरूमा धर्ना दिइ विरोध प्रदर्शन गरिरहेको जानकारी दिएको छ ।
माग सम्बोधन नगरे भोलिबाट आकस्मिकबाहेकका सेवामा आफूहरू संलग्न नहुने चेतावनी उनीहरूले दिएका छन् ।
आफूहरूको समस्याबा विषयमा पटक–पटक वार्ता र सम्झौता गरे पनि कार्यान्वयन नहुँदा बाध्य भएर आन्दोलनमा उत्रनुपरेको आवासीय चिकित्सकहरूको भनाइ छ ।
चिकित्सकहरूको आन्दोलनले वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र न्याम्सका सेवा प्रभावित भएका छन् ।

प्रतिक्रिया 4