+
+
Shares

बच्चालाई साथीहरूको दबाब, प्रभावबाट कसरी बचाउने ? ५ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालबालिकामाथि साथीभाइको दबाब र सामाजिक सञ्जालको प्रभावले निर्णय क्षमतामा असर पारिरहेको छ।
  • अभिभावकले बालबालिकाको आत्मविश्वास बलियो बनाउन र सही निर्णय लिन सिकाउनु आवश्यक छ।

बाल्यकाल अब पहिले जस्तो सरल छैन । पढाइ, साथीभाइ, फेसन र सामाजिक सञ्जालको दबाब र प्रभाव बालबालिकामाथि बढ्दै गइरहेको छ ।

साथीहरूको कुरा, व्यवहार र सामाजिक सञ्जालको चमक धमकले बच्चाहरूको मन र आत्मविश्वासलाई आँधीझैं हल्लाउँछ । जब आत्मविश्वास हल्लिन्छ, यो प्रभावले बालबालिकाको निर्णय क्षमतालाई असर गर्न थाल्छ । यस्तो अरूको प्रभावलाई ‘प्रियर प्रेसर’को संज्ञा दिइएको छ ।

प्रियर प्रेसर अर्थात् साथीभाइको प्रभाव वा उनीहरूजस्तै हुनुपर्ने दबाब र प्रभाव । यो प्रभाव जसले बच्चालाई आफ्नो बाटो छोडेर अरूको पछि लाग्न बाध्य पार्छ ।

कहिलेकाहीँ यो दबाबले बच्चालाई राम्रो काम गर्न प्रेरित गर्छ, जस्तै पढाइमा ध्यान दिन । तर धेरैजसो स्थितिमा यसले गलत बाटोमा डोर्‍याउँछ, जहाँ बच्चाहरू आफ्नै मूल्य र निर्णय बिर्सन्छन् । जस्तो कि, अरूसँग महंगो फोन वा फेसन देख्दा आफूलाई कमजोर ठान्छ ।

दबाबले बच्चाको आत्मविश्वासलाई खिया लगाउँछ र उसलाई अरूको छाया बनाउँछ । यस्तोमा सकारात्मक वातावरण प्रदान गरेर बालबालिकालाई सही निर्णय लिन सिकाउनु उचित हुन्छ ।

१.आत्मविश्वासको जग बलियो बनाउन प्रयास गर्ने

यदि बच्चालाई अरूजस्तो बन्नुपर्छ भनेर दबाब दिइँदैन, बच्चाको सानो प्रयासको पनि कदर गरिन्छ, बच्चा जस्तो छ त्यस्तै ठिक छ भनेर हौसला दिने र घरमा उसको क्षमता बुझ्न्छि भने उसले अरूको कुरा सुनेर आफूलाई कम आँकलन गर्दैनन् । उनीहरूको आत्मविश्वासको जग बलियो बन्दै जान्छ ।

उदाहरण…
यदि बच्चाले भन्छ, ‘आमा, मेरो साथीले फुटबल खेल्न नआएको कारण म कमजोर छु भनेर जिस्काउछन् ।’
यस्तो अवस्थामा अभिभावकले जवाफमा सबैजना सबै कुरामा राम्रो हुँदैनन् । प्रयास गरेमा चाहेको कुरामा सफल हुन सकिन्छ भनेर सम्झाउनुपर्छ ।

२.सही र गलत छुट्याउन सिकाउने

सबैले गरिरहेको काम सधैं सही हुँदैन भन्ने कुरा बच्चालाई बुझाउनु धेरै महत्वपूर्ण छ । ऊसँग आफैं सोच्ने, न्याय गर्ने र निर्णय लिने क्षमता हुनुपर्छ ।

उदाहरण:
बच्चाले भन्छ, ‘सबै साथीहरूले आफ्नो गृहकार्य गरिरहेका छैनन् किनभने शिक्षकले उनीहरूलाई धेरै गाली गर्दैनन् । त्यसैले म पनि गर्दिन ।’

यस अवस्थामा रिसाउनुको सट्टा भन्न सकिन्छ, ‘तिमीलाई अरूले गलत गरिरहेको थाहा छ । तर सोच, यदि अहिले आफ्नो गृहकार्य गरेनौं भने कक्षामा सिकेको कुरा पर्याप्त हुँदैन । प्रयास नै छैन भने परीक्षामा कमजोर साबित हुनेछौं के त्यो सही हुनेछ ?

त्यसैले, जे सही छ त्यही गर्नुपर्छ, अरूको पछि लाग्नु हुँदैन ।’

३.आफ्नो निर्णयसँगै कारणहरू पनि दिन सिकाउने

बच्चालाई अरूको अगाडि मौन रहनु पनि गलत हो भनेर सिकाउनुपर्छ । जब कसैले उसको निर्णयमाथि प्रश्न गर्छ, उसले शान्त र तार्किक रूपमा आफ्नो जवाफ दिनुपर्छ ।

उदाहरण:
‘मेरा साथीहरूले मेरो खाजा बोरिङ छ भन्छन्, तिनीहरूसँग बर्गर र पिज्जा छ, म तिनीहरूलाई केही भन्न सक्दिन ।’ यदि उसले यस्तो भन्छ भने

उसलाई घरको खाजामा पौष्टिक छ । यसले मलाई दिनभर ऊर्जावान राख्छ, भन्ने जस्ता सकारात्मक जवाफ दिने अभ्यासबारे सम्झाउन सकिन्छ ।

४.दैनिक कुरा गर्ने र कुरा सुन्ने

बालबालिकाहरूसँगको कुराकानी अध्ययन वा सिकाउने र बुझाउने कुरामा मात्र सीमित हुनुहुँदैन । दिनमा १०–१५ मिनेट बच्चाको कुरा सुन्न र बुझ्नका लागि मात्र छुट्याउनुपर्छ ।

ता कि, उसलाई पक्का होस्-मेरो कुरा सुनिने छ । नियमित रूपमा गरिएको कुराकानीले प्रारम्भिक चरणमा नै उसका साथीहरूको दबाबलाई अन्त्य गर्न सक्षम हुनेछ ।

उदाहरण:
यदि बच्चाले भन्छ, ‘मेरा साथीहरूले मेरो रफ कपीको मजाक उडाउँछन् ।’

यस्तोमा भन्न सकिन्छ, ‘छोरा, तिमीलाई थाहा छ, कागज बनाउन धेरै रूखहरू काट्नुपर्छ । अब तिमीले यो रफ कपी प्रयोग गरेर प्रकृतिलाई कति मद्दत गरेको छौ भनेर मात्र सोच । त्यसैले, आफ्ना साथीहरूलाई भन कि तिमी एक वास्तविक नायक हौं ।’

५.नराम्रा प्रस्तावमा असहमति जनाउन सिकाउने

बच्चाहरू आफ्ना साथीहरूको गल्तीहरूमा संलग्न हुन्छन् किनभने उनीहरूलाई ’नाइँ’ कसरी भन्ने थाहा हुँदैन । यस्तोमा असहमति व्यक्त गर्नु नराम्रो होइन, तर यो एक साहसी कदम हो भनेर बुझाउनुपर्छ ।

उदाहरण:
‘साथीहरूले हामीलाई आज स्कूल बंक गरेर अन्तै जाउँ भनिरहेका छन् ।’ यदि बच्चाले यसै भन्छ भने यसमा सहमति जनाउनुको सट्टा म पढाइ छोडेर रमाइलो गर्दिन, किनकि यसले मलाई हानि पुर्‍याउँछ । म घर गएर खेल्नेछु भनेर जवाफ दिन सिकाउन सकिन्छ ।

यसबाहेक अभिभावकले प्रेरणादायी कथाहरू सुनाउन सक्नेछन् । यसले उनीहरूको दिमाग सकारात्मक राख्नेछ ।

कहिलेकाहीं बच्चाहरू सल्लाह लिन चाहँदैनन्, तिनीहरू मात्र सहानुभूति र सुन्ने कोही चाहन्छन् । त्यसैले, उनीहरूको कुरा ध्यानपूर्वक सुन्ने गर्नुपर्छ । उनीहरूसँगै समाधान खोज्ने प्रयास गर्नुपर्छ । यसबाट बच्चाले हरेक समस्या समाधान गर्न सकिन्छ भन्ने सिक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?