Comments Add Comment

बिल गेट्स

List Grid
बिल गेट्स र वारेन बफेटले बनाउन लागेको नेट्रियम आणविक भट्टी के हो ?

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गत हप्ता जब ऊर्जासँग सम्बन्धित आफ्नो नयाँ परियोजना नेट्रियमको बारेमा बताइरहँदा दाबी गरे : ऊर्जाको क्षेत्रमा यो एक अहम मोड हो । गेट्सले नयाँ किसिमको उक्त आणविक ऊर्जा भट्टीलाई नेट्रियम नाम दिएका छन् र त्यसको पेटेन्ट पनि दर्ता गराइसकेका छन् । बिल गेट्सले उक्त परियोजनामा अर्का अर्बपति वारेन बफेटसँग मिलेर करोडौँ […]

महिला कर्मचारीसँगको लसपसबारे बिल गेट्समाथि छानविन !

काठमाडौं । सन् २०२० मा माइक्रोसफ्ट कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएका बिल गेट्सको राजीनामा प्रकरणका पछाडि माइक्रोसफ्टकी एक महिला कर्मचारीसँगको सम्बन्ध कारक रहेको खुल्न आएको छ । ती महिला कर्मचारीसँगको रोमान्टिक सम्बन्धका विषय छानविनका लागि माइक्रोसफ्टले एक ल फर्मलाई जिम्मा दिएसँगै गेट्सले कम्पनीको बोर्ड अफ डाइरेक्टर्सबाट राजीनामा दिएको वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारमा उल्लेख […]

डिभोर्सपछि बिल गेट्सले पूर्व पत्नीलाई दिए ३ अर्ब डलर

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले हालैमात्र सम्बन्ध विच्छेद गरेकी आफ्नी पूर्व पत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई ३ अर्ब डलर बराबरको सम्पत्ति दिएका छन् । बिल गेट्सको इन्भेस्टमेन्ट कम्पनी क्यास्केडले डीरे एण्ड को नामक कम्पनीमा रहेको केही शेयर मेलिन्डाको नाममा नामसारी गरेको छ र योसँगै मेलिन्डाले डिभोर्स पश्चात् पूर्व पतिबाट कूल ३ अर्ब डलर बराबरको सम्पत्ति प्राप्त […]

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद

२१ वैशाख, काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् । २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका […]

यस्तो रहेछ बिल गेट्सले आइफोन नचलाउने कारण

काठमाडौं । विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्बभन्दा धेरै छ । संसारका सबैजसो हाइप्रोफाइल व्यक्तिहरुले आइफोन चलाउँदछन् । तर माइक्रोसफ्ट कम्पनीका सहसस्थापक बिल गेट्स चाहिँ आइफोन नचलाउने व्यक्तिमध्ये एक हुन् । हालैको एक अन्तरवार्ताका क्रममा गेट्सले आफूले आइफोन नचलाउने खुलासा गर्दै आइफोनको साटो एन्ड्रोइड फोन चलाउन मन पराउनुको कारण पनि खुलाएका छन् । उनले भने– […]

गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि थप २५ करोड डलर दिने

२५ मंसिर, काठमाडौं ।  बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि थप २५ करोड डलर सहयोग गर्ने भएको छ । बिहीबार फाउण्डेसनले कोरोना परीक्षण, उपचार र खोपका लागि उक्त सहयोग घोषणा गरेको हो । फाउण्डेसनले सन् २०२१ मा कोरोनासँग सम्बन्धित सबै वैज्ञानिक आविष्कारहरु आवश्यक भएका सबै मानिसमा पुर्‍याउने विश्वव्यापी प्रतिबद्धता पूरा गर्न […]

बिल गेट्सलाई उछिन्दै मस्क बने विश्वकै दोस्रो धनी व्यक्ति

९ मंसिर, काठमाडौं । बिल गेट्सलाई उछिन्दै अर्बपति उद्यमी एलन मस्क विश्वको दोस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलिनियर इन्डेक्सअनुसार टेस्लाको शेयर भाउ बढेसँगै उनको नेटवर्थ पनि सात अर्ब २० करोड डलर बढेको हो । यससँगै उनको समग्र नेट वर्थ एक खर्ब २७ अर्ब ९० करोड डलर पुगेको छ । मस्कले केही समयअघि […]

गेट्सको ‘सात हिरोज’मा एक नेपाली

अर्बपति बिल गेट्सको ब्लग गेट्स नोटले कोरोना भाइरस (कोभिड-१९) मा चर्चामा नआएका ‘सेभेन हिरोज’मा एक नेपाली पनि परेकी छिन् । गेट्सको उक्त ब्लगमा महामारीको समयमा अविश्वसनीयरुपमा काम गर्ने ७ व्यक्तिको वर्णन गरिएको छ । गेट्सको यो सूचीमा मेरी स्टोप्स नेपालकी सामाजिक स्वास्थ्य कार्यकर्ता लक्ष्मी रायमाझी पनि परेकी हुन् । गेट्सले महामारीभन्दा पहिला पनि जन्मदर नियन्त्रणमाको […]

कस्तो मास्क लगाउँछन् बिल गेट्स ?

कोरोना भाइरस महामारीको वर्तमान समयमा नाकमुख छोप्ने मास्क लगाउनु अनिवार्य जस्तै बनेको छ । आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रहरुमा जाँदा मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ । भाइरस संक्रमणबाट अधिकतम सुरक्षाका लागि कस्तो मास्क लगाउने र कसरी मास्क लगाउने भन्ने विषयमा अनेक खालका तर्क तथा बहसहरु हुने गरेका छन् […]

बिल गेट्सलगायत विश्वका धनाढ्य व्यापारीका ट्वीटर अकाउन्ट ह्याक

१ साउन, काठमाडौं । बिल गेट्सलगायत विश्वकै धनाढ्य व्यक्तिहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ । अरबपति व्यापारी बिल गेट्स, एलन् मस्क, जेफ बेजोसलगायतको ट्वीटर अकाउन्ट बिटक्वाइनको नामबाट ह्याक भएको छ । ह्याक गरिएका अकाउन्टहरुमा रकम माग गर्दै, त्यसको दोब्बर पैसा फिर्ता दिने उल्लेख छ । बिल गेट्सको अकाउन्टमा लेखिएको छ, ‘जसले पनि मलाई समाजमा फर्काउने […]

अहिलेको सबैभन्दा ठूलो आवश्यकता खोप हो : बिल गेट्स

२२ जेठ, काठमाडौं । माइक्रोसफ्टका संस्थापक अमेरिकी उद्योगपति बिल गेट्सले अहिले सबैभन्दा ठूलो आवश्यकता कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप निर्माण गर्नु रहेको बताएका छन् । खोपको विषयमा भिडियोमार्फत हुन गइरहेको एक सम्मेलनअघि उनले यस्तो बताएका हुन् । यो सम्मेलनमा विश्वका धेरै कम्पनीका प्रतिनिधि तथा अन्य मानिसहरु सहभागी हुँदैछन् । सम्मेलनको उद्देश्य खोप निर्माणको लागि सात […]

कोरोनाविरुद्धको लडाइँका १० ठूला दानवीर : ट्विटर सीईओदेखि बिल गेट्ससम्म

अहिलेसम्म संसारका ४० लाख मानिसलाई संक्रमणको चपेटामा पारिसकेको तथा झण्डै दुई लाख ८० हजार मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको महामारीबाट विश्व आक्रान्त छ । कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र थिलथिलो मात्र भएको छैन संक्रमितको उपचारका साथै सम्भावित औषधि र खोपको अनुसन्धानमा समेत ठूलो धनराशी खर्च भइरहेको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा विश्व जगत […]

माइक्रोसफ्टको बोर्ड डाइरेक्टरबाट बिल गेट्सले दिए राजीनामा

काठमाडौं । बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन् । सामाजिक सेवामा सक्रिय रहने भन्दै उनले पदबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टका अनुसार बिल गेट्स विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहन्छन् । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन् । विश्वको धनाड्य व्यक्ति बिल […]