Comments Add Comment

भरुवा बन्दुक

List Grid
पाल्पामा भरुवा बन्दुक पड्किँदा बालकको मृत्यु 

९ माघ, रामपुर । शिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका–८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्किँदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ । रिब्दीकोट–८ बस्ने मृतक छहारीसहित बिहीबार राति चारजना वनमा सिकार खेल्न गएका थिए । गए राति करीब ९ बजे सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

बागलुङमा १३ थान भरुवा बन्दुक बरामद

६ पुस, काठमाडौं । बागलुङमा प्रहरीले १३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट आइतबार दिउँसो भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बढिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रूखमुनी बेवारिसे रूपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका-३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र […]

भरुवा बन्दुक पड्किँदा वन कर्मचारीको मृत्यु

१८ मंसिर, काठमाडौं । उदयपुरमा भरुवा बन्दुक पड्किँदा एकजना वन कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका-१ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोला रहेका छन् । गस्ती गएको समयमा बुधबार राति बुलबुल सामुदायिक वनमा फेला परेको बन्दुक गाडीमा राखेर कार्यालय तर्फ ल्याइएको थियो । उक्त […]

कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु

३ मंसिर, काठमाडौं । दाङमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका छन् । प्रहरीका अनुसार सोही ठाउँ बस्ने ३९ वर्षीय टोपबहादुर घर्तीले कालिज मार्नका लागि मंगलबार राति भरूवा बन्दुक पड्काएका थिए । तर भोजबहादुरलाई लाग्न पुग्दा उनको घट्ना स्थलमै मृत्यु […]

म्याग्दीमा भरुवा बन्दुकसहित एकजना पक्राउ

३ कात्तिक, म्याग्दी । प्रहरीले म्याग्दीमा एउटा अवैध एक नाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–८, काफल डाँडा बस्ने ३१ वर्षीय अम्बर गर्बुजा छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी किरण कुँवरका अनुसार लुकाएर हिँडेको अवस्थामा बन्दुकमा लाग्ने १७ वटा गोली, फलामका टुक्रा, बारुद लगायतसहित उनी पक्राउ परेका हुन् । कुँवरका […]

एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ

२९ असोज, काठमाडौं । पर्साको ठोरीबाट एक नाल भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ठोरी गाउँपालिका–४ बस्ने ३४ वर्षीय कुमार लामा, ३५ वर्षीय सुनबहादुर लामा, ३२ वर्षीय बाबुराम लामा र २५ वर्षीय अमन लामा रहेका छन् । उनीहरुको साथबाट १ नाल भरुवा बन्दुक, ४ राउण्ड गोली, १ सय ग्राम बारुद र […]

११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

२९ असोज, बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो । प्रहरी […]

११ नाल भरुवा बन्दुकसहित १० जना पक्राउ

२८ असोज, काठमाडौं । प्रहरीले बागलुङको बुङखानीबाट ११ नाल भरुवा बन्दुकसहित १० जनालाई बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका–२ बुङखानी बस्ने ६४ वर्षीय भिमबहादुर कामी, ४१ वर्षीय सुरेश रसाइली, २९ वर्षीय मोतीप्रसाद रसाइली, ४६ वर्षीय धनबहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाइली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय […]

भरुवा बन्दुकसहित दुई जना पक्राउ

२३ असोज, काठमाडौं । खोटाङ र डोटीबाट भरुवा बन्दुकसहित शुक्रबार दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार खोटाङबाट मेघराज राई र डोटीबाट हर्कबहादुर विश्वकर्मा पक्राउ परेका हुन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ सल्लेनी बस्ने राईलाई २ थान भरुवा बन्दुकसहित शुक्रबार बिहान उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रुपमा बन्दुक राखेको सूचनाको आधारमा […]

बागलुङमा पाँच थान भरुवा बन्दुकसहित ६ पक्राउ

३० जेठ, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले पाँच थान भरुवा बन्दुकसहित छ जनालाई पक्राउ गरेको छ । अवैध हतियार लुकाइराखेको सूचनाका आधारमा खानतलासी गर्दा प्रहरीले ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका र २९ वर्षीय खिमानन्द कँडेलको साथबाट चार थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी […]

भरुवा बन्दुकसहित सिरहामा दुईजना पक्राउ

२५ जेठ, सिरहा । सिरहा प्रहरीले आइतबार भरुवा बन्दुक, त्यसमा प्रयोग हुने छर्रा र बारुदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-३ जम्दह कुपगैरीका ६९ वर्षीय कुलबहादुर पूर्वछाने र ६२ वर्षीय तिलकबहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबा६ खटिएको प्रहरीको टोलीले दुवैजना जम्दह कुपगैरीबाटै पक्राउ गरेको हो । उनीहरुको थप […]

गोरखामा भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

११ जेठ, गोरखा । अवैध रुपमा भरुवा बन्दुक राखेको आरोपमा बाबु छोरा पक्राउ परेका छन् । धार्चे गाउँपालिका-६ काशीगाउँका मानु घले र उनका छोरा नौबहादुर घलेलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरुघाट गाउँपालिका-१ नौवनस्थित उनीहरूको गोठमा खानतलासी गर्दा अवैध रुपमा लुकाएर राखिएको भरुवा बन्दुक एक नाल र बन्दुकमा प्रयोग हुने छर्रासहितका सामानहरू फेला […]

दुई थान भरुवा बन्दुकसहित संखुवासभामा दुई पक्राउ

२२ वैशाख, संखुवासभा । संखुवासभाको मादी नगरपालिकाबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । मादी नगरपालिका २ का ६५ वषिर्य केशर बहादुर देवान र सोही ठाउँका ५३ वर्षीया  सुरेन्ऽ देवानको घरबाट मंगलबार प्रहरीले अबैध भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेष सुचनाका आधारमा प्रहरी चौकी […]