Comments Add Comment

भारतीय मजदुर

List Grid
भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतको गुजरातमा ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो । यो दर्दनाक घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित […]

धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना पुष्टि

१९ भदौ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गत भदौ १७ गते राति कम्पनीमै सुतेका भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागिरहँदा स्थानीयस्तरमै उपचार गराइएको […]

भारतबाट श्रम गर्न नेपाल आउन नपाइने

२७ साउन, काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले प्रष्ट्याए । भारतसँग सीमा जोडिएको […]