Comments Add Comment

मध्यपश्चिमाञ्चल विश्वविद्यालय

List Grid
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापक पनि आन्दोलित

१२ साउन, सुर्खेत । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालयले मंगलबारदेखि अर्को चरणको आन्दोलन थालेको छ । विद्यार्थीहरुले एक सातादेखि आन्दोलन गर्दै आएको विश्वविद्यालयमा मंगलबारदेखि प्राध्यापकहरुसमेत उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । आफना माग पूरा नभएपछि संगठनले अर्को चरणको आन्दोलन थलेको प्राध्यापक संगठनका अध्यक्ष सिंहराज गुरुङले बताए । संगठनले उपकुलपति सिंहले […]

मप विश्वविद्यालयमा कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन अन्तरिम आदेश

१८ चैत, सुर्खेत । उच्च अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीएएलएलबीको पुनः प्रवेश परीक्षा नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत फागुन १७ गतेदेखि १९ गतेसम्म विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपछि विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा नै […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप

१३ चैत, सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो । शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि […]

मप विश्वविद्यालयमा कानुन संकायको प्रवेश परीक्षामा विवाद, नतिजा रद्द

१३ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका विद्यर्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विश्वविद्यालय कानुन संकायतर्फको प्रवेश परीक्षाबाट अध्ययनका लागि छनोट भएका विद्यार्थीहरूले तत्काल भर्ना लिन माग गर्दै दुई दिनदेखि केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् । शुक्रबार प्रहरीले धर्नामा बसेका विद्यार्थीलाई हटाउन खोज्दा विद्यार्थी र प्रहरीबीच धकेलाधकेल भएको थियो । […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित चार उपप्राध्यापकद्वारा राजीनामा

२५ फागुन, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय ‘स्कुल अफ ल’ कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन् । स्कुल अफ लअन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७–७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौखिक परीक्षाको नतिजा प्रकाशनको विषयमा उपकूलपति र रजिष्ट्रारले मानमर्दन हुने गरी प्रश्नचिन्ह खडा गरेको भन्दै राजीनामा दिएका हुन् । […]

उपकुलपतिले अश्लील बोलेको भन्दै मप विश्वविद्यालयका क्याम्पस प्रमुखले दिए सामूहिक राजीनामा

८ माघ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् । उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेपछि क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् । प्राज्ञिक थलोमा उपकुलपति सिंहको व्यबहार आपत्तिजनक भएको भन्दै सामूहिकरुपमा राजीनामा दिएको क्यामपस प्रमुखहरुले बताएका छन् । पछिल्लो समय […]

प्राध्यापकहरुले गरे मप विश्वविद्यालय प्रशासनको निन्दा

२८ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप)का प्राध्यापकहरुले विश्वविद्यालय प्रशासनले बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै निन्दा गरेका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् । शैक्षिक मागहरु राखेर ज्ञापन पत्र […]

विद्यार्थीलाई निस्कासन गर्ने उपकुलपति सिंहको धम्की

२७ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिएका छन् । विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् । केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको […]

विद्यार्थीले जलाए मप विश्वविद्यालयका उपकुलपति सिंहको पुत्ला

२७ पुस, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले उपकुलपतिको पुत्ला जलाएका छन् । उपकुलपतिको निर्देशनमा विद्यार्थीमाथि आक्रमण र प्रहरी दमन भएको भन्दै विद्यार्थीले सोमबार बिहानै विश्वविद्यालय परिसरमा उपकुलपति नन्दबहादुर सिंहको पुत्ला जलाएका हुन् । आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको थियो । विद्यार्थीले विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२६ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आफ्नै ‘सुरक्षा इकाइ’

१ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नै ‘सुरक्षा इकाइ’ बनाउने भएको छ । मंगलबार बालुवाटरमा बसेको विश्वविद्यालयको दशौं सभा (सिनेट)ले विश्वविद्यालयलाई आफ्नै सुरक्षा युनिट बनाउने कानुनी बाटो खुलेको छ । सिनेटले सुरक्षा युनिट सम्बन्धी प्रस्ताव सर्वसम्मत पास गरेपछि विश्वविद्यालयलाई ‘सुरक्षा इकाइ’ राख्ने बाटो खुलेको हो । विश्वविद्यालयको आन्तरिक सुरक्षा रेखदेखका लागि आफ्नै ‘सुरक्षा इकाइ’ बनाउन […]

मप विश्वविद्यालयका उपकुलपति भेट्न गएका नेविसंघका विद्यार्थी पक्राउ

२९ असोज, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहलाई भेट्न गएका नेपाल विद्यार्थी संघ -नेविसंघ_का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । विश्व विद्यालयका विद्यार्थीका समस्याबारे बिहीबार ध्यानाकर्षण गराउन गएका विद्यार्थीलाई विनाकारण प्रहरीले पक्राउ गरेको नेविसंघ केन्द्रीय कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा पूर्वकेन्द्रीय सदस्य अनि शाहीलगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटुवाल, सुरेन्द्र […]

‘रोजगारी खोज्ने विद्यार्थीका लागि सेमेष्टर नलम्ब्याउने निर्णय’

६ असोज, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले तत्काल रोजगारीको खोजी गर्न बजारमा जाने विद्यार्थीहरुका लागि सेमेष्टर नलम्ब्याउने निर्णय गरिएको जनाएको छ । विश्वविद्यालयले आठौं सेमेष्टर मंसिर महिनाभित्रै सक्ने निर्णय यसअघि नै गरिसकेको छ । सातौं सेमेष्टरको अन्तिम परीक्षा असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म छ । तर, आठौं समेष्टर मंसिर महिनामै सक्ने निर्णय विश्वविद्यालयले गरेको छ […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तिम परीक्षा पनि अनलाइनबाटै, परीक्षा अवधि ८ घण्टा

४ असोज, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले व्यवस्थापन र मानविकी संकायको स्नातक र स्नातकोत्तर तहको अन्तिम परीक्षा पनि अनलाइन माध्यमबाटै गर्ने भएको छ । पहिलो चरणमा व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ र शिक्षा शास्त्र संकायको स्नातक तहको सातौं सेमेस्टर र स्नातकोत्तर तहको तेस्रो सेमेस्टरको परीक्षा अनलाइन माध्यमबाट गर्न लागिएको परीक्षा व्यवस्थापन कार्यालयका […]

पदाधिकारीलाई कोरोना संक्रमण भएपछि मप विश्वविद्यालय एक साता बन्द

२८ भदौ, सुर्खेत । एकजना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालय एक साताका लागि बन्द गरिएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा आइतबार डीन कार्यालयका एक पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पदाधिकारीलाई नै कोरोना संक्रमण पुष्टि भएपछि केन्द्रीय कार्यालय र डीन कार्यालयको […]

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

५ साउन, सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ । रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्ट्रारका लागि १९ जनाको आवेदन

३१ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को रजिष्ट्रार पदका लागि १९ जनाको आवेदन परेको छ । नियुक्तिको सिफारिस गर्ने अधिकार उपकुलपतिलाई भए पनि छनोट प्रक्रिया पारदर्शी बनाउन विश्वविद्यालयले एक साताअघि रजिष्ट्रारसँगै विभिन्न तीन वटा स‌ंकायका डिनका लागि खुला दरखास्त आह्वान गरेको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको […]

उपकुलपतिको भाषण : मप विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्छ

३ असार, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । स्पष्ट भिजनका साथ उपकुलपति बनेको भन्दै उनलले विश्वविद्यालयलाई आमुल सुधार गर्ने दाबी गरे । बुधबार विश्वविद्यालयको १०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उपकुलपति सिंहले पाँचवटा भिजनसमेत पेस गरे । विश्वविद्यालयको भौतिक संरचना पूरा गर्ने, उत्पादनलाई जोड दिने […]

मप विश्वविद्यालय वेथिति : क्याम्पसका भित्तैभरि चिट, चोर्न नदिएको भन्दै प्राध्यापकलाई धम्की

१५ साउन, काठमाडौं । विश्वविद्यालय असल संस्कार सिक्ने सिकाउने थलो हो । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको बेथितिका श्रृंखलालाई हेर्दा यो उक्तिसंगत लाग्दैन । कहिले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारबीच समन्वय नहुँदा विवाद उत्कर्षमा पुग्छ त कहिले विश्वविद्यालयले आयोजना गरेको दौड प्रतियोगितामा निजी कलेजको नाम लेखिएका टी–सर्ट वितरण गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काउँछन् । पछिल्लो पटक भने […]

१७ बुँदे सहमतिपछि मप विश्वविद्यालयका विद्यार्थीले तोडे अनसन

२४ असार, काठमाडौं । १७ बुँदे सहमति भएपछि मध्यपश्चिम  (मप) विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरुले आइतबार अनसन तोडेका छन् । विश्वविद्यालयका पदाधिकारी र विद्यार्थीहरुविच आइतबार भएको वार्तामा विद्यार्थीका मागहरु सम्बोधन गर्ने सहमतिसँगै  विद्यार्थीले अनसन तोडेका हुन् । विभिन्न ७ बुँदे माग राखेर २१ दिनसम्म अान्दोलन गर्दापनि प्रशासनले वास्था नगरेपछि  रोशन बस्नेत, रत्नकुमार शर्मा र मिलन ६ दिनदेखि आमरण […]

मप विश्वविद्यालयमा इन्जिनियरिङका विद्यार्थीको आमरण अनसन

२१ असार, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल (मप) विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीले आमरण असन सुरु गरेका छन् । विभिन्न ७ बुँदे माग राखेर २० दिनदेखि आन्दोलन गर्दै आएको विद्यार्थी संघर्ष समितिले माग पूरा नभएपछि बुधबारदेखि अनसन सुरु गरेको हो । विद्यार्थीहरुले इन्जिनियरिङ संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ विषयको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको […]