Comments Add Comment

माटोको ढिस्को

List Grid
गोरखामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

१० जेठ, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड निर्माणमा खटिएका दुई मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । पर्खाल निर्माणका लागि जग खन्ने क्रममा सोमबार माटोको ढिस्कोले पुरिँदा ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिम […]

माटोको ढिस्कोले पुरिएर आमा-छोराको मृत्यु   

३१ वैशाख, बलेवा । बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने […]

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु   

२६ माघ, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ नाहडा बस्ने ४६ वर्षीया बिरमा बुढा रहेकी छन् । शिवालय गाउँपालिका-९ चेताह बगरस्थित सडकमा जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु

२६ पुस, कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोडाघोडी नगरपालिका- १० तुलसीपुरका १६ वर्षीय अशोक धामी रहेका छन् । घोडाघोडी नगरपालिका-११ भलुवामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।