३० फागुन, रोल्पा । रोल्पामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पूरिएर एक महिलाको ज्यान गएको छ, भने तीन जना घाइते भएका छन् । रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
गहिरो र सुरुङजस्तो खाल्डोमा माटो खन्दैगर्दा ढिस्को खसेर निर्मला पूरिएकी थिइन् । सो कुरा साढे १२ बजे प्रहरीलाई जानकारी भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय होलेरीबाट ७ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार गर्न खोज्दा निर्मलाको ज्यान गइसकेको प्रहरीले जनाएको छ । ्
मृतकको शव पोस्टमार्टमका लागि रेउघा अस्पताल लगिएको छ ।
यस्तै २८ वर्षीय एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएकी छन् । उनीहरूको निधार, ढाड र कम्मरमा चोट छ । घाईते तीनैजनाको होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
मोतीखन्ने डाँडामा ७ जना माटो खन्न गएका थिए । तीनजना भने सकुशल छन् ।
प्रतिक्रिया 4