
माटोको ढिस्कोले पुरिएकाहरूको उद्धार गर्दै स्थानीय ।
२५ असोज, जाकपुरधाम । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ । मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4