+
+
Shares

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जना घाइते

हेमन्त केसी हेमन्त केसी
२०८३ कात्तिक १८ गते ८:३२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्।
  • घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ।
  • तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि सुर्खेत रिफर गरिएको छ।

१८ कात्तिक, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्।

घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् ।

घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् ।

घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

घर पोत्ने माटो खन्न गएका उनीहरू एकैपटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?