Comments Add Comment

युभेन्टस्

List Grid
मोराटाको दुई गोलमा युभेन्टसको पुनरागमन जित

२३ फागुन, काठमाडौं । अल्भारो मोराटाले दुई गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ए मा लाजियो विरुद्ध पुनरागमन जित हात पारेको छ । शनिबार राति  भएको खेलमा साविक विजेता युभेन्ट्सले घरेलु मैदानमा लाजियोलाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदानमा लाजियोमा जोआकिन कोरेअले गोल गर्दा युभेन्ट्स १४औं मिनेटमा पछि परेको थियो । तर ३९औं मिनेटमा […]

रोनाल्डोको दुई गोल, युभेन्ट्स तेस्रो स्थानमा

११ फागुन काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ए मा सहज जित हात पारेको छ । सोमबार राति भएको खेलमा रोनाल्डोको दुई र बेस्टन म्याकेनीको एक गोल मद्दतमा युभेन्ट्सले क्रोनटोनलाई ३-० ले हरायो । घरेलु मैदानमा भएको खेलको ३८ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफको […]

युभेन्ट्स कोपा इटालियाको फाइनलमा

२८ माघ, काठमाडौं । युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २-१ ले पराजित गर्दै युभेन्ट्स उपाधि नजिक पुगेको हो । गएराती घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले इन्टरसंग गोलरहित बराबरी खेलेको थियो । तर पहिलो लेगमा हात पारेको २-१ को जितले गर्दा युभेन्ट्सलाई फाइदा पुगेको हो । […]

बार्सिलोनाले गरेको ‘गोट’ ट्वीटमा युभेन्ट्सको बदला

२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा बार्सिलोना र युभेन्ट्सबीचको खेलले मैदानमा मात्र चर्चा पाएन सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा पायो । पहिलो लेगको खेलमा टुरिनमा युभेन्टसलाई २-० ले पराजित गरेपछि बार्सिलोनाले लिओनल मेसीलाई ग्रेटेस्ट अफ अल टाइम (गोट) को संज्ञा दिँदै ट्वीट गरेको थियो । ‘हामी खुशी छौँ कि तिमीहरुले आफ्नै […]