Comments Add Comment

युरोपेली संघ

List Grid
व्यापार सम्झौताको लागि ईयूको सर्त स्वीकार्य नरहेको बेलायतको भनाइ

२८ मंसिर, काठमाडौं । बेलायतले युरोपेली संघ (ईयू)ले व्यापार सम्झौताको लागि राखेका बुँदाहरु स्वीकार्य नरहेको बताएको छ । बीबीसीका अनुसारबेलायतको सरकारी स्रोतले बेलायतलाई उक्त सर्तहरु स्वीकार्य नरहेको बताएको हो । बेलायत डिसेम्बर ३१ बाट ईयूबाट पूर्णरुपमा अलग हुनेछ । उक्त अवधिभित्र ईयूसँग व्यापार सम्झौता हुन नसके उनीहरुले द्विपक्षीय व्यापारका लागि विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को नियम पालना […]

फेरिँदैछ माओवादीलाई हेर्ने युरोपको नजर, प्रचण्डले पाउलान् त नोबेल पुरस्कार ?

८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार ओहोदाको प्रमाणपत्र बुझाएका जर्मन राजदूत रोलान्ड सेफरले त्यसको भोलिपल्टै मंगलबार दिएको अभिव्यक्तिले धेरै एनजीओ/आइएनजीओकर्मीको दिमाग खल्बल्याएको छ । माओवादी अध्यक्ष प्रचण्डलगायत उनको पार्टीले १० वर्ष चलाएको जनयुद्धलाई ‘युद्ध अपराध’को संज्ञा दिँदै एनजीओ/आइएनजीओ चलाउनेहरुको धारणा विपरीत जर्मन राजदूतले अभिव्यक्ति दिएका छन् । माओवादी नेता प्रचण्ड र सो पार्टीले […]

बेलायती ‘जनमत संग्रह’ को नेपाली असर

पुरै विश्वलाई नै असर पार्ने गरी दुनियाँको सबैभन्दा पुरानो साम्राज्य बेलायतका जनताले शुक्रबार युरोपियन युनियनबाट अलग हुने निर्याय गरेका छन् । धर्तिको स्वर्ग मानिने २८ राष्ट्रहरु मिली एक बहुराष्ट्रझैं रहेको युरोपियन युनियन अबको दुई वर्षमा २७ सदस्यमा सीमित हुनेछ । बेलायमा बिहीबार सम्पन्न ऐतिहासिक जनमत संग्रहमा ‘लिभ’ अर्थात युरोपियन युनियन छोडने पक्षमा ५१ दशमलव ९ […]

ब्रिटेनलाई सुविधा नदिने पक्षमा यूरोपीय संघ

११ असार, काठमाडौं । यूरोपीय संघमा आवद्ध देशका नेताहरुले ब्रिटेन ईयूबाट बाहिर जाने फैसलाम दुख मनाउ गरेका छन् । साथै उनीहरुले मानिसहरुलाई शान्त रहन र स्थिरता कामय राख्न अपील गरेका छन् । उनीहरुले अब ब्रिटेनले यूरोपीय संघबाट बाहिर जाने प्रक्रिया सुरु गर्न भनेका छन् । उनीहरुले बाहिर निस्कन ढिलाई भए अनिश्चितता बढ्ने बताएका छन् । […]

युरोपीय संघसँग ब्रिटेनको सम्बन्ध विच्छेद पक्का

१० असार, काठमाडौं । ब्रिटेन युरोपीय युनियन (इयू)बाट बाहिरिने भएको छ । ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले ईयू छाड्ने पक्षमा मत दिएका छन् । चुनाव प्रतिस्पर्धात्मक देखिएको थियो । तर, ईयूमा रहिरहनु पर्छ भन्ने पक्ष थोरै पछाडि पर्‍यो । ईयू छाड्नु पर्ने पक्षमा १ […]