Comments Add Comment

युवा संघ नेपाल

List Grid
एकीकृत समाजवादी निकट युवा संघले दुई महिने पुनर्जागरण अभियान चलाउने

१२ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । युवा संघ नेपालको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालयको बैठकले दुई महिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । अभियान […]

युवा संघले खादा माला प्रयोग नगर्ने

८ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नो कुनै पनि कार्यक्रममा खादा माला प्रयोग नगर्ने भएको छ । बुद्धनगरमा बसेको केन्द्रीय कमिटी बैठकबाटै खादा माला प्रयोग गर्न छाडेको प्रवक्ता सञ्जीव राईले बताए । ‘युुवा संघको केन्द्र, प्रदेशदेखि सबै संगठनले गर्ने कार्यक्रममा खादा माला प्रयोग गर्दैनौं,’ राईले भने । अनुत्पादक र अनावश्यक […]

युवा संघका कार्यकर्ता र प्रहरीबीच बानेश्वरमा झडप (फोटो फिचर)

२५ भदौ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । युवा संघले निकालेको टर्च र्‍यालीमा सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको हो । जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ?’ भन्दै युवा संघले […]

माधव नेपाल पक्षीय युवा संघले स्थानीय तहसम्म पीभी गठन गर्ने

२२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल निकट युवा संघ नेपालले केन्द्रदेखि स्थानीय तहसम्मै पिपुल्स भोलेन्टियर (पीभी) गठन गर्ने भएको छ । नेपाल निकट युवा संघको केन्द्रीय पदाधिकारी बैठकले यही साउन मसान्तभित्र सबै प्रदेश, भदौ १० गतेभित्र सबै जिल्ला र भदौ मसान्तसम्म सबै स्थानीय तहमा पीभी गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष नरेशकुमार […]

बाँदरको भेषमा युवा संघको प्रदर्शन

५ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार […]

युवा संघद्वारा जनकपुरधाममा विपक्षी नेताको पुत्ला दहन

२० असार, जनकपुरधाम । सत्तारूढ नेकपा एमालेको युवा संघ नेपालले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला जलाएका हुन् । उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र […]

ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने माधव पक्षीय युवा संघको माग

१ असार, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पद छाड्न माग गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न आग्रह गरेका हुन् । पार्टीमा ‘एक व्यक्ति एक पद’ कायम गर्न एक पद छोड्न माग […]

नेपाल समूहको युवा संघले खोल्यो केन्द्रीय कार्यालय

१८ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ । बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।  

युवा संघका कार्यक्रम स्थगित, जनचेतनामूलक काममा परिचालित हुने

२० फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले सबैस्तरका जमघट हुने कार्यक्रमहरू स्थगित गरेको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भीडभाड हुने कार्यक्रम नगर्न सरकारले आग्रह गरेललगत्तै युवा संघले आफ्ना सबै कार्यक्रमहरू स्थगित गरेको हो । मातहतका सबै कमिटीहरूलाई जमघट हुने कार्यक्रम नगर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ […]

नविना र राजीवले अखिल र युवा संघ छाड्ने

२५ फागुन, काठमाडौं । नेकपा एमालेका दुई भातृ संगठन अनेरास्ववियु र युवा संघका अध्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनीहरुको ठाउँमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ । अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रतिनिधिसभा सदस्य भएपछि आफू संगठनबाट विदा हुने घोषणा गरिसकेकी छन् । प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएका युवा संघका […]

रुपन्देहीका उद्योगमा वाईसीएल र युवा संघले लगाएको ताला प्रशासनले खोल्यो

१० माघ, बुटवल । अस्वभाविक मूल्य वृद्धि गरेको बिरोधमा रुपन्देहीका उद्योगहरुमा लगाइएको ताला प्रशासनले खोलेको छ । अबैधानिक ढंगले ताला लगाइएको ठहर गर्दै प्रशासनले ताला खोलेको हो । सिमेन्ट र छडमा गरिएको मूल्य वृद्धिले विकास निर्माणलाई नै प्रभाव पारेको भन्दै युवा संघ नेपाल र वाईसीएलले मंगलबार लुम्बिनी करिडोरका ११ वटा सिमेन्ट उद्योग र दुई वटा छड […]

एमाले सम्बद्ध युवा संघको महाधिवेशन असोज २२ मा

२२ साउन, काठमाडौं । एमाले सम्बद्ध युवा संघको नवौ महाधिवेशन असोज २२ देखि काठमाडौंमा गर्ने निर्णय भएको छ । युवा संघ नेपालको आइतवार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । २ वर्षअघि नै हुनुपर्ने महाधिवेशन युवा संघभित्रको विवादका कारण पटक-पटक सर्दै आएको थियो । ०७० साल फागुनमा महेश बस्नेत […]

युवा संघको विवाद उत्कर्षमा, छुट्टै महाधिवेशन गर्ने माधव नेपाल समूहको घोषणा

५ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेको छ । माधवकुमार नेपाल पक्षले छुट्टै महाधिवेशन गर्ने घोषणा गरेको छ । संस्थापन पक्षले भने वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । संस्थापन पक्षले एकलौटी गरेको र हुकुम प्रमाङ्गीका आधारमा संगठन चलाइएको भन्दै नेपाल पक्षले एउटै मितिमा चितवनमा […]

छापामार शैलीमा गाडी जलाउनेहरु युवा संघका कार्यकर्ता भएको पुष्टि (भिडियोसहित)

१५ पुस, काठमाडौं । नयाँ बानेश्वरमा सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेहरुको पहिचान खुलेको छ । उनीहरु एमाले समर्थित युवा संघका कार्यकर्ता रहेको भिडियो र अडियोसहितको प्रमाण अनलाइनखबरले फेला पारेको छ । छापामार शैलीमा सरकारी गाडी तोडफोड गर्नेक्रममा युवा संघका कार्यकर्ताले संघको झण्डासमेत बोकेका थिए । उनीहरुले त्यसक्रममा युवा संघ नेपाल जिन्दाबाद भन्ने नारासमेत लगाएका […]

लोकमानको सम्पत्ति रोक्का गर्न युवासंघको माग

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको चल अचल सम्पत्ति रोक्का गरी छानविन गर्न सरकारसँग माग गरेको छ । युवा संघ अध्यक्ष दिलु पन्तद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि पञ्चायलकाल र राजाको प्रत्यक्ष शासनकालमा शक्तिको दुरुपयोग गरी कार्कीले कमाएको सम्पूर्ण सम्पत्ति रोक्का गरी छानविन सुरु गर्न […]

युएई प्रकरणबारे निरु पालः गल्ती गरेको भए आफ्नै छोरालाई पनि कारवाही गर्छु

६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार एवं एमाले नेतृ निरु पालले हालै युएईमा भएको मानव तस्करीको घटनाबारे आफ्नो प्रतिक्रिया दिएकी छिन् । सो प्रकरणका युवा संघ वा एमालेको नाम मुछेर कसैले गल्ती गरेको भए उनीहरुमाथि कारवाही गरिने पालले अनलाइनखबरलाई बताइन् । ‘म तीन वर्षअघि युवा संघको उपाध्यक्ष भएका बेला युएईमा आयोजित कार्यक्रममा निम्तो मान्न […]

एमाले युवा संघका नाममा युएईमा मानव तस्करी

३ वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेको भातृ संगठन प्रवासी युवा संघका नेताहरु नेपाली युवतीलाई युएई पठाउने अवैधानिक धन्दामा सक्रिय रहेको एक प्रतिवेदनबाट खुलासा भएको छ । त्यसरी दुबई पुर्‍याइएका युवतीले नेपाली दूतावासमा जागिर माग्दै बायोडाटा बुझाएपछि युवा संघका नाममा मानव तस्करीको धन्दा सार्वजनिक भएको हो । एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद अन्तरगत वैदेशिक रोजगार तथा […]