Comments Add Comment

रविन्द्र मिश्र

List Grid
विवेकशील साझा फुटेको होइन, मिलेकै थिएन !

विवेकशील साझा पार्टीलाई बाहिरबाट हेर्दा त्यहाँ युवा साथीहरु छन् र पछिल्लो वैकल्पिक राजनीतिचाहिँ नयाँ पुस्ताले नै बनाउने हो भन्ने मेरो ठहर थियो । त्यसैले म विवेकशीलमा उत्सुक थिएँ, उप्रेरित थिएँ । त्यहाँबाट कम्तिमा वैकल्पिक राजनीतिमा अतिरिक्त योगदान गर्न सकिन्छ भन्ने लागेको थियो । त्यहाँ उत्साहजनक कुरा त थियो नै, सँगै पछाडि राजनीतिक इतिहासको बोझ थिएन […]

मनिषालाई रवीन्द्र मिश्रको आग्रह: वैकल्पिक पार्टीबारे सोच्नुस्

१२ पुस,  काठमाडाैं । पोखरामा हालै सम्पन्न साहित्यिक महोत्सवले थुप्रै विधाका चर्चित हस्तिहरुको जमघट र भेटघाटको अवसर जुरायो । उक्त महोत्सवमा साहित्यकार मात्रै थिएनन्, राजनीतिज्ञदेखि कलाकारसम्म थिए । यस्तै भेटघाटमध्ये एक थियो विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइरालाको । उनीहरु पहिलोपटक यसरी आमनेसामने भएका थिए । मिश्रले फेसबुकमा मनिषासँगको फोटो सेयर […]

प्रहरी हस्तक्षेपपछि रवीन्द्र मिश्रले भने : ओलीको राष्ट्रवाद नांगियो

२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् । पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ । कार्यालयमा केही दिनअघिदेखि ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो । शुक्रबार दिउँसो २ बजे प्रहरीको एक […]

रवीन्द्र मिश्र भन्छन्ः ओलीको राष्ट्रवाद नांगियो

२८ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा अहिले पनि केही प्रहरी स्ट्यान्डबाई छन् । पार्टी कार्यकर्ताले एउटा ब्यानर कार्यालय अगाडि टाँग्ने र प्रहरीले त्यसलाई निकाल्ने क्रम जारी छ । कार्यालयमा केही दिनअघिदेखि ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएको कालो पृष्ठभूमिको ब्यानर टाँगिएको थियो । शुक्रबार दिउँसो २ बजे प्रहरीको एक […]

डा. केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनकः रविन्द्र मिश्र (भिडियोसहित)

२५ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले डा. गोविन्द केसीको गिरफ्तारी सरकारका लागि लज्जाजनक भएको बताएका छन् । उनले डा. केसीलाई तत्काल रिहा गर्न र उनले लगाएका आरोपमाथि छानविन गर्न माग गरेका छन् । अदालतको मानहानीको मुद्दा लागेपछि पक्राउ परेका डा. केसीको समर्थनमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा सहभागीहरुलाई सम्बोधन गर्दै मिश्रले डा. […]

टिप्पणीः ‘राप्रपा नेपाल’ बन्ला त विवेकशील साझा ?

२१ मंसिर, काठमाडौं । आइतबार बिहान मतदानस्थलहरुमा पुग्दा विवेकशील साझा पार्टीका संयोजक एवं काठमाडौं १ का उम्मेदवार रविन्द्र मिश्र निकै उत्साहित देखिन्थे । चुनावी अभियानका क्रममा मतदाताहरु आफूलाई भेट्दा धुरुधुरु रोएको स्मारण गर्दै मिश्रले भने– ‘यो विगतप्रतिको आक्रोश र हामीप्रतिको उत्साह हो ।’ रविन्द्रले दाबी गरेजस्तै योपटक विवेकशील साझा पार्टी मतदाताहरुको ध्यान तान्न सफल देखिएको […]

प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच जम्काभेट !

२१ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्रनम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका रविन्द्र मिश्रबीच जम्काभेट भएको छ । मतदान स्थलहरुमा पुग्ने क्रममा सिंह र मिश्रबीच काठमाडौं महानगरको वडा नम्बर ११ को दुरसञ्चार मतदान केन्द्रमा भेट भएको हो । भेटमा दुबै उम्मेदवारले एकअर्कालाई शुभकामना दिएका छन् र सामूहिक तस्वीर खिचाएका छन् । […]

रविन्द्र मिश्रले भने- जित पक्का भइसक्यो, मतान्तर कति भन्ने प्रश्न मात्र बाँकी छ

१३ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौंमा १ का उम्मेदवार रविन्द्र मिश्रले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । काठमाडौं १ मा मिश्रसँगै कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मा उम्मेदवार छन् । सिंह र शर्माले पनि आफू जित्ने दाबी गरेका छन् । बुधबार बबलमहल क्षेत्रमा घरदैलो गरेका विवेकशील साझाका उम्मेदवार मिश्रले […]

रविन्द्र मिश्र भन्छन्- दोस्रोको कुरै नगर्नोस्, म पहिलो भैसकें !

२८ कात्तिक, काठमाडौं । राजधानीको थापागाउँमा साझा विवेकशील पार्टीका संयोजक एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रको सम्पर्क कार्यालय छ । कार्यालयमा बिहानैदेखि कार्यकर्ता र समर्थकहरुको भीडभाड देखिन्छ । आइटीमा दख्खल राख्ने केही युवाहरु कम्प्युटमा व्यस्त देखिन्छन् । पर्चा पम्प्लेट छरपस्ट देखिन्छ । सोमबार दिउँसो मिश्रको सम्पर्क कार्यालयमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको […]

‘पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्’

२६ कात्तिक, काठमाडौं । आइतबार बिहान चाक्सीबारी, ठमेलमा पुग्दा काठमाडौं १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह भर्खर चुनावी घरदैलो सकेर फर्किएका रहेछन् । काठमाडौंका कांगेस सभापति सवुज बानियाँ पनि त्यहीँ थिए । झण्डै पौने घन्टा लामो कुराकानीका क्रममा सिंह चुनाव जित्नेमा निकै दृढ देखिए । उनी पटक-पटक भन्थे, म त तथ्यांककै विद्यार्थी पनि हुँ, तथ्यांकको […]

प्रकाशमान र रविन्द्र मिश्रसँग शम्भु थापा भिडाउने एमालेको तयारी

१० कात्तिक, काठमाडौं । काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँगको प्रतिस्पर्धामा एमालेले बरिष्ठ अधिवक्ता शम्भु थापालाई अघि सार्ने भएको छ । काठमाडौं १ मा पार्टीको क्याडर भन्दा स्वतन्त्र छविको व्यक्तित्व अघि सार्दा चुनाव जित्न सहज हुने ठहर गर्दै एमालेले शम्भु थापा रोजेको हो । […]

लक्ष्मी दिदीको होटलबाट रवीन्द्र मिश्रको घरदैलो

९ कात्तिक, काठमाडौं । बिहीबार एकाबिहानै नयाँ बानेश्वरको पानीट्यांकीमुनि एक दर्जन युवा हातमा प्लेकार्डसहित भेला भए । उनीहरुका साथमा थिए सदा हँसमुख चेहराका रवीन्द्र मिश्र । भनिरहनु नपर्ला, मिश्र काठमाडौंको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । आफ्नो चुनावी प्रचारका क्रममा घरदैलोका लागि उनी दलबलसहित त्यहाँ उत्रिएका थिए । ‘कहाँबाट सुरु गर्ने […]

रविन्द्र मिश्र काठमाडौंमा प्रकाशमानविरुद्ध चुनाव लड्ने

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ६ वटा क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छ । पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बनेका छन् । काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले […]

एकतापछि रवीन्द्र मिश्रले भनेः हाम्रो झुकाव लेफ्टतिर

११ साउन, काठमाडौं । विवेकशील पार्टी र साझा पार्टीको एकता घोषणा कार्यक्रम नयाँ वानेश्वरस्थित इन्द्रेणी बैंक्वेटको एउटा ठूलो हलमा आयोजना गरिएको थियो । हलभित्र दुवै पार्टीका नेता-कार्यकर्ता र पत्रकारहरु खचाखच थिए । करिब डेढ घन्टा लामो कार्यक्रममा एकीकृत पार्टीका सहसंयोजकद्वय रवीन्द्र मिश्र र उज्ववल थापाले मात्र बोले । सुरुमा दुवै नेताले भाषण गरे भने त्यसपछि […]

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति, चुनाव चिन्ह तराजु

११ साउन, काठमाडौं । विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच बुधबार दिउँसो पार्टी एकताको घोषणा हुँदैछ । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहनेछ भने चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व हुनेछ । दुबैलाई सहसंयोजक पद दिइएको छ । […]

बिराटनगर र इटहरीमा उम्मेदवार खोज्दै रविन्द्र मिश्र

१९ जेठ, इटहरी । काठमाडौंमा पूर्वसचिव किशोर थापालाई चुनावमा उठाएर लोकपि्रय मत हासिल गरेपछि उत्साहित बनेको साझा पार्टीको ध्यान पूर्वी नेपालतिर सोझिएको छ । यसै साता साझा पार्टीका संयोजक रविन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्यको टोलीले बिराटनगर र सुनसरीको भ्रमण गरेको छ । बिराटनगरको नमस्ते होटलमा साझा पार्टीले कार्यक्रमको आयोजना गरेको थियो । सो […]

मतदातासँग रवीन्द्र मिश्रको गुनासो- मेनु हेर्‍यो हेर्‍यो, लास्टमा म:म: मगायो !

१८ चैत, पोखरा । ‘साझा पार्टी’ खोलेपछि सार्वजनिक मञ्चमा खासै नदेखिएका निवर्तमान पत्रकार एवं वर्तमान नेता रविन्द्र मिश्र शुक्रबार पोखरामा बिग एफएमले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रवचनकर्ताका रुपमा उपस्थित भए । मन्तव्यका क्रममा मिश्रले यो देशका नेतामात्रै होइन, मतदातालाई समेत खराब भन्नुपर्ने दिन नआओस् भन्दै सचेत गराए । होटलको मेनु हेरेजसरी मतपत्र हेरेर अन्तिममा आफ्नै […]