+
+
Shares

रास्वपालाई रविन्द्र मिश्रको सुझाव- प्रत्यक्ष निर्वाचित कार्यकारी घातक हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १२:१२
फाइल तस्वीर

११ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रविन्द्र मिश्रले प्रत्यक्ष निर्वाचित कार्यकारी नेपालका हकमा घातक हुने सत्तारुढ दल रास्वपाले बुझ्नुपर्ने आग्रह गरेका छन् ।

नेपालको हकमा कुनै पनि हालतमा प्रत्यक्ष निर्वाचित कार्यकारीको बाटोमा जानु हुँदैन, यो देशको लागि घातक हुनसक्छ भन्ने निष्कर्षमा आफू पुगेको भन्दै उनले रास्वपालाई सुझाव दिएका हुन् ।

‘अझ रास्वपाले जस्तो राजसंस्था पनि नचाहने र सर्वशक्तिमान प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री पनि चाहने व्यवस्था त कल्पनै नगरौँ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, रास्वपाका साथीहरू, बजेट प्रस्तुतिका दिन बजेटका प्राविधिक अर्थ नै नबुझी ताली पिटेजस्तो प्रत्यक्ष निर्वाचित कार्यकारीका बारे ताली नपिट्नु होला ।’

यसका असरबारे बुझ्दा ढिलो भइसकेको हुने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?